सिन्धुलीमा गाडीको ठक्करबाट एकको मृत्यु

असार २३,

सिन्धुली । मदन भण्डारी राजमार्गकको चन्दनपुरमा गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ । पहिचान नखुलेको सवारीको ठक्करबाट सिन्धुलीको कमलामाई–१४ चन्दनपुरका ५० वर्षीय यज्ञबहादुर जोगीको मृत्यु भएको हो ।

अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीले एक एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएको छ ।file Photo