१८ वर्षीय र ११ वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ

असार २३

काठमाडौं । कपिलवस्तुमा १८ वर्षीया र कञ्चनपुरमा ११ वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तुकी किशोरीलाई करणी गरेको अभियोग लागेका कपिलवस्तु नगपालिका-४ महुवा बस्ने २५ वर्षीय अब्दुल कालिम, सोही ठाउँ डालपुर बस्ने ३० वर्षीय लोकनाथ यादव र कञ्चनपुरमा ११ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा कृष्णपुर नगरपालिका-४ का ६६ वर्षीय नर बहादुर भण्डारी रहेका छन् ।

किशोरीलाई रोइकराई गरेको अवस्थामा वडाबाट गस्तिमा खटिएको प्रहरीको टोलीले फेला पारेर सोधपुछ गर्दा किशोरीले आफुलाई उनीहरुले जबरजस्ती करणी गरेको बताएको प्रहरीले जनाएको छ ।

त्यस्तै ११ वर्षीय बालिकालाई शुक्रबार दिउँसो जंगलमा लगेर जबरजस्ती करणी गरेको बताइएको छ । लगतै उनीहरुलाई प्रहरीले नियन्तरणमा लिएर अनुसन्धान थालेको बताएको छ ।file Photo