जनता भ्वाइसको समाचार प्रभाव : बाढी पीडित २१ परिवारले पाए राहात,सुरक्षित ठाउँमा स्थानन्तरण

असार २४,

रामेछाप । रामेछापको गोकुगंगा गाउँपालिका वडा नं ४ का बाढी पहिरो पीडितहरुलाई राहात वितरण गरिएको छ । यस अघि जनता भ्वाइसलले त्याहाको बाढी पीडितहरुको समाचार प्रकाशन गरेको थियो । गत असार २१ गते राति आएको अविरल वर्षका कारण बाढी पहिरोको उच्च जोखिम्मा परेका २५ घरधुरीलाई तत्काल राहात स्वारुप खाद्ययन्न, प्रत्येक परिवारलाई एक एकवाट बलाङ्केट्, चामल ३० केजी, दाल ३ केजी, खानेतेल १ केजी,  नुन १ केजी,साबुन ३ वटा, र त्रिपाल १ थानका दरले २१ घरपरिवारलाई राहात वितरण गरिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमप्रसाद सुवेदीले जनता भ्वाइसलाई जानकारी दिए । गएको असार २१ गते राति वर्षसंगै आएको बाढीले स्थानीयहरु पहिरोको उच्च जोखिम्मा परेका छन् ।

यो पनि पढ्नुहोस्
विद्यालयको लापरबाहीका कारण गोकुलगंगामा २५ घरधुरी पहिरोको उच्च जोखिममा, पूरै गाउँ बग्ने,आधा बग्यो

वडा नं ४ मा रहेको जनवागृति माविले सो विद्यालयको भवन निर्माण गर्दा जबरजस्ति काभ्रे खोलाको कच्च सामाग्री निकाल्दा र खोलो बाग्ने ठाउँमा कच्चा सामाग्री थुपारेर राख्दा खोलाले बाटो र्फेदा खोलो गाउँमा पसेर गाउँनै बगाउन लागेको हो । गाउँ बगाउन लागेकोले गाउँलेहरुलाई उद्दार गरि सुरक्षित स्थान तर्फ सारिएको छ । उनीहरुलाई हाल सोही विद्यालय भवनमा राखिएको प्रशासकिय अधिकृत सुवेदीले बताए । विद्यालयले भने आफ्नो कुनै गल्ति नरहेको दाबी गरि रहेको छ । उनीहरुलाई निरन्तरको वर्षाले सो ठाउँमा जुन्सुकै बेलामा पनि बाढी जान सक्ने भएकाले सुरक्षित स्थान तर्फ सारिएको सुबेदीले जानकारी दिए ।

त्यो ठाउँ ठूलो पानी परेको खण्डमा पूरै बग्ने अवस्थामा रहेको स्थानीयहरुको भनाई छ । कोरोना भाइरसको विश्व ब्यापी महामारीको चपेटामा परेका स्थानीय पहिरोको उच्च जोखिम्मा परेकाले थप पिडामा परेका छन् ।file Photo