Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा ३ जनामात्रै कोरोनाका बिरामी : चाडै कोरोना मुक्त बन्दै

Milan Ghimire by Milan Ghimire
July 8, 2020
in राष्ट्रिय समाचार, समाचार
0
रामेछापबाट कोरोनाको आशंकामा एक महिलाको स्वाब धुलिखेल पठाईयो
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter
असार २४,

रामेछाप । रामेछाप जिल्ला अस्पताल कोरोना मुक्त भएको छ । २३ जना कुल कोरोना संक्रमित पुगेको जिल्ला अस्पताल अब कोरोना मुक्त भएको जिल्ला अस्पताल रामेछापका कोरोना फोकल पर्सन डा. आनन्द आचार्यले जानकारी दिए । उनका अनुसार जिल्लामा हाल तीन जना मात्रै कोरोनाका बिरामी उपचार गराइ रहेका छन् । उनीहरु लिखु तामाकोसी गाउँपालिकाको वडा नं ४ मा रहेका छन् । ४ सय ७९ जनाको पीसीआर विधिबाट गरिएको परीक्षणमा २३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरु मध्ये २० जना निकोभएर घर फर्किसकेका छन् ।

उनीहरु मध्ये एक जना रौतहटबाट आएको र अरु भारतबाट आएकाहरु रहेको उनले बताए । उनीहरु सबै १७ देखि ४९ वर्षका पुरुषहरु थिए । उनीहरुलाई कोरोना पुष्टि भएको १५ देखि ३२ दिनमा निकोभएर घर फर्किएको उनले जानकारी दिए । २० जनाको जिल्ला अस्पतालमा राखेर उपचार गरिएको थियो भने एक जनाको स्वास्थ्यमा थप समस्या भएकाले थप उपचारका लागि पाटन अस्पताल रेफर गरिएको थियो । उनी निकोभएर फर्किएका छन् ।

आजसम्ममा ४ सय ७९ जनाको पीसीआर विधिबाट कोरोना परिक्षण भएको छ । ४११ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ४५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । तीन जना पनि अब केहीदिनमै घर फर्किने अवस्थामा रहेको डा. आचार्यले बताए ।

रामेछाप जिल्लामा कुल २८ जना कोरोना संक्रमितहरु भेटिएका छन् । उनीहरु २३ जना बाहेक अरु जिल्ला बाहिर बसोबास अर्थात काम गर्नेहरु रहेका छन् । उनीहरु पनि निको भएका छन् । यसरी हेर्दा रामेछाप चाडै कोरोना मुक्त जिल्ला बन्दै छ । नेपालमा कोरोनाका बिरामी भेटिने क्रम दैनिक घट्दो रहेको छ । file Photo

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

पालिका प्रमुखको आड्मा बसेर,वडा सचिव,स्वास्थ्यकर्मी र ड्राइभरमाथि कुट्पिट्,राणाशासन चलाउदै प्रमुख

Next Post

रामेछापका २ जनासहित २५५ जनामा कोरोना पुष्टि : १६,४२३ पुग्यो संख्या

Next Post
आज ३८० जनामा कोरोना पुष्टि : ६५९१ पुग्यो संख्या

रामेछापका २ जनासहित २५५ जनामा कोरोना पुष्टि : १६,४२३ पुग्यो संख्या

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.