अपडेट् सिन्धुपाल्चोक : दुईको मृत्यु, २० अझै बेपत्ता [फोटोसहित]

असार २५,

रामेछाप । सिन्धुपाल्चोकमा गएराति परेको अविरल वर्षासंगै आएको बाढी पहिरोमा परि मृत्यु भएका दुईको परिचय खुलेको छ । मृत्यु हुनेमा बाह्रबिसे नगरपालिका–५ का २० वर्षीय निकेश बस्नेत र उनकी डेढ वर्षकी छोरी निउना बस्नेतको परिचय खुलेको हो । उनीहरुको शव बिहाना भेटिएको थियो । मृतक निकेशकी पत्नी गम्भीर घाइते भएकाले उनलाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं लगिएको छ।

जम्बु खोलामा बाढी आउँदा २ जनाको मृत्यु भएको हो भने २० जना बेपत्ता भएका छन् । बाढीका कारण २० भन्दा बढी घर बगाएको छ । अरनिको राजमार्ग ठाउँ-ठाउँमा अवरुद्ध भएको छ । आधा दर्जन भन्दा बढी सवारी साधनमा क्षेति पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । बेपत्ता हुनेमा बाह्रबिसे ५ जम्बु बजारका १६ जना र भोटेकोशी गाउँपालिकामा ४ जना छन् ।

सम्बन्धित समाचार
सिन्धुपाल्चोकमा पहिरोमा परी १८ जना बेपत्ता, दुईको शव फेला[फोटोसहित ]

बाढीको स्थलगत अवलोकनमा आएका सभामुख अग्नी सापकोटा फर्किएका छन् । त्यस्तै बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, कानूनमन्त्री शालिकराम जमरकट्टेल समेतले पनि अवलोकन गरेका छन् । उनीहरुले स्थलगत अवलोकन गरेका छन् । अहिले बेपत्ताहरुको स्थानीय र प्रहरीले खोजिकार्य गरि रहेको छ ।