आठ हजार नजिक पुग्यो कोरोना जित्नेको संख्या : १०८ जना थपिए संक्रमित

असार २५,

रामेछाप । नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५ सय ३१ जना पुगेको छ । वितेको २४ घण्टामा थप १ सय ८ जना कोरोना संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वा गौतमले जानकारी दिए ।

त्यस्तै कोरोना जित्नेको संख्या ७ हजार ८ सय ९१ पुगेको छ । हालसम्ममा ३५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । वितेको ५ दिन यता कसैको पनि कसैको मृत्यु भएको छन् । भने दैनिक संक्रमित हुनेहरुको संख्या पनि घटेको छ । हालसम्म ५ जिल्ला कोरोना मुक्त जिल्ला भएका छन् । आज काठमाडौंमा ५ जना संक्रमित थपिएका छन् । ६ जिल्लामा ५ सय भन्दाबढी संक्रमितहरु भेटिएका छन् ।

बितेको २४ घण्टामा थप १३९ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या ७ हजार ८९१ जना पुगेको छ ।

२५ प्रयोगशालाबाट बितेको २४ घण्टामा थप ४ हजार ५८८ जनाको सीसीआर विधिबाट नमुना परीक्षण भएको छ । क्वारेन्टिनमा २४ हजार ४२५ जना रहेका छन् भने आइसोलेशनमा ८ हजार ६०५ रहेका छन् ।