ट्रक दुुर्घटनामा परि दाेलखाका कार्कीको मृत्यु

असार २५,

ओखलढुंगा । ओखलढुंगामा ट्रक दुर्घटनाहुदाँ एककाे मृत्यु भएकाे छ । उनकाेे घटना स्थलमै मृत्युु भएकाे हाे । विहिबार काठमाडौँबाट सोलु तर्फ जाँदै गरेको बा ३ ख ९६ ट्रक ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नं ८ सेतीदेवी मन्दिर नजिकै दुर्घटनाभएकाे जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

सोलुखुम्बुस्थित सोलुखोला बेनी हाईड्रोको सामान बोकेको साेे ट्रक दुर्घटनामा परि चालक दोलखाको जिरीका २४ वर्षीय नवराज कार्कीको घटनास्थलमै मृत्यु भएको हाेे। ट्रक सडकबाट करिब १ सय मिटर तल खसेको छ ।