नेकपाको स्थायी कमिटी बैठक सात दिनको लागि स्थगित

असार २६,

रामेछाप । नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितीको बैठक फेरी स्थगित भएको छ । बैठक आगामी साउन २ गते सम्मका लागि स्थगित भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बैठक आज बिहान ११ बजे बलुवाटरमा बस्ने बताइएको थियो । यस अघिका बैठक पनि पटक पटक स्थगित हुदै आएको छ । आजको बैठक बाढी पहिरोको विपतको बेला पार्टी पंक्तिलाई राहत तथा उद्धारमा जुट्न निर्देशन दिँदै सात दिनसम्मका लागि स्थगित गरेको हो ।

गत असार १० गते सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने माग भएपछि शीर्ष तहमा विवाद बढेको छ। विवाद समाधानका लागि यो बीचमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पटकपटक छलफल भएको छ। दुबै नेता आ–आफ्नै अडानमा रहँदा सहमति जुटिसकेको छैन।file Photo