मन्थलीमा करेन्ट लागेर एक पुरुषको मृत्यु

असार २६ । जनता भ्वाइस संवाददाता, रामेछाप
मन्थलीको मदनआश्रित चोक नजिकै एक व्यक्तिको दिउँसो २ः३० बजे करेन्ट लागेर मृत्यु भएको छ । मन्थली नगरपालिका वडा नं. ५ सुनारपानी स्थायी बसोबास गर्ने र लक्ष्मी आयल स्टोरमा कार्यरत अन्दाजी ३० वर्षिय मुरारी खड्काको करेन्ट लागेर मृत्यु भएको हो । लक्ष्मी आयल स्टोरका संचालक केशब घिमिरेको घरमा बसोबास गर्ने खड्काको आफ्नो काम विशेषले बिजुलीको प्लग जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरी हवल्दार मानसिँह तामाङले जानकारी दिएका हुन् । चिसो भुँईमा टेकी प्लग जोड्ने क्रममा करेन्ट लागेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।