रामेछापका ज्योतिष अर्जुन क्षेत्री ४ करोड ठगी गरेको आरोपमा क्षेत्री पक्राउ

असार २६

काठमाडौं । केही समय अघि अपत्यारीलो, नेपाल ठूलो भूकम्प आउन सक्ने भन्दै भविष्यवाणी गरेर विवादीत बनेका आफूलाई ज्योतिषी बताउने अर्जुन थापा क्षेत्री पक्राउ परेका छन् । उनले आफूलाई अख्तयार दुरुपयोग अनुसन्धान आयोगको सहसचिव हुँ भन्दै ठगी गर्ने गरेको आरोपमा पक्राउ परेका हुन् । उनीसहित अरु तीन जना पनि पक्राउ परेका छन् ।

उनीहरुलाई नेपाल विद्युत प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भयो भन्दै ४ करोड मागेका थिए ।

उक्त विषयमा बार्गेनिङको क्रममा ५० लाखमा कुरा मिलेको र उक्त ५० लाख रुपैयाँ लिन जाँदा क्षेत्रीसहित तीनजना अख्तियारको फन्दामा परेको स्रोतले बतायो । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोली र काठमाडौं अपराध महाशाखाको टोलीले आज बिहान पक्राउ गरेको हो ।file Photo