अङ्ग्रेजी गीत गाऊँ : सलह भगाऊँ

नेपालमा एउटा भ्रम राणकाल र पञ्चायतदेखि नै व्याप्त छ त्यो के हो भने सत्ता र ठूलो पदमा बस्ने मानिसले जे भने पनि जनताले पत्याइदिन्छन् । अझै पनि हामी गोरखापत्र, रेडियो नेपाल, नेपाल टेलिभिजन र कान्तिपुरले लेखेभनेका कुराहरू अनि देखाएका समाचारहरूमा विश्वास गर्दछौं । तर के मूलधारका भनिएका ती मिडियाहरूमा आएका समाचारहरू सधैँभरि सत्य नै हुन्छन् त ? एकैछिन घोत्लिएर भनौं हामी । अहँ हँुदैनन् । जमाना बद्लियो । मानिसहरूका स्वार्थ र लगानी बद्लिए । अहिलेको नेपालमा त झन् को मानिस कसका लागि काम गर्छ भनेर केही भन्नै सक्ने स्थिति छैन ।
मूलाधार भनिएका सञ्चार माध्यमको पनि भूकम्प, कोरोना भाइरस र बाढीपहिरो आउँदा कहिलेकाहीँ धोती फुस्कन्छ । स्रोता, पाठक र दर्शक अहिले घन्टौं पर्खेर कथित मूलाधार भनिएका सञ्चार माध्यममा आएका समाचार र विचारहरू मात्र विश्वस्त भनेर मान्ने पक्षमा छैनन् । अहिले सामाजिक सञ्जालको जमाना छ ।

हरेक मानिसले आफूसँग जोडिएको समाचारलाई आफैँले फोटो खिचेर २ लाइन भनाइसाथ पोष्ट गरिदिन्छ । अझएक कदम अघि बढेर भन्ने हो भने सिएन्एन्, बीबीसी, एपी, एफ्पी, रोयटर र क्योटो समाचार एजेन्सीहरूका समाचारहरू अनलाइन न्यूज पोर्टल, ब्लग, युट्युब र फेसबुकभरि क्षणपलमा भाइरल भैसकेका हुन्छन् ।
मानिसका हातहातमा एन्ड्रोइड मोबाइल छन । स्मार्ट बन्नैका लागि हरेक चिजवस्तु मानिहरू स्मार्ट प्रयोग गर्दछन् । अहिलेका मानिसहरू बाख्रा बेचेर मोबाइल किन्छन् । गाईभैँसी बेचेर ल्यापटप जोड्छन् । विश्व नै यो एक्काइसौं शताब्दीको अन्त्यतिर आइपुगेको छ । समाचार र सूचनाको क्रान्तिमा विश्व नै चकाचौँध देखिएको छ । त्यसैले अहिले जुनसुकै मानिसहरूलाई छल्छु, ढाँट्छु, झुक्याउँछु र ठग्छु भनेर कसैले नचिताए पनि हुन्छ । अझ नयाँ पुस्तालाई त झन् छुनै नसकिने गरी आइटीमा बाठो बनाइदिएको छ – यो सूचना क्रान्ति र प्रविधि प्रयोगले ।


एउटा पुरानो सन्दर्भ जोड्न चाहन्छु । २०७२ को गोर्खा भूकम्प जाँदा त्यसले नेपालका करिब १४ जिल्लामा प्रत्यक्ष र देशैभरि अप्रत्यक्ष असर पारेको थियो । त्यो बेला घरबारविहीन र चौरमा आएर पालमुनि बसेका सबैखाले नेपालीलाई रेडियो नेपाल र अझ खासगरी त्यसका समाचार सम्पादकहरू क्रमशः नवराज लम्साल र हरिशरण लामिछानेहरू सक्रिय भए र निराश भएका जनताहरूलाई आपत् विपत्बाट जगाए ।
कोरोनाको कहरमा पनि केही दिन प्रायः सबै मानिसहरू तिल्मिलाए । सोपछि पत्रपत्रिकाहरूमा नयाँ पत्रिका, कान्तिपुर र नागरिक दैनिक साथै टेलिभिजनमा एभेन्यूज टेलिभिजनले नै सामाजिक उत्तरदायित्व सहितको पत्रकारिता गरेको देखियो । ‘कोरोना कहर ः एभेन्यूज पहल’ नामको कार्यक्रम गरेर सुत्केरी, नवजात शिशु र जेष्ठ नागरिकहरूलाई भोको नराख्ने जुन पहल ग¥यो त्यो नेपाली पत्रकारिताको इतिहासमा स्तुत्य छ ।


नियमित स्रोता, दर्शक र पाठकका नाताले माथि उल्लेख गरिएका सञ्चार माध्यमका कार्यहरूले नेपाली जनतालाई सुसूचित गर्ने काम गरेका छन् ।
चीनको बुहानबाट निस्केको कोरोना भाइरसको कथामा पनि धेरै ऐँजेरू पलाएको देखियो । बुहानबाट चीनका ८० वटा सहरमा रेल सञ्जाल जोडिएका छन् ती सहरमा कोरोना नसर्नु तर चीनबाट सोझै इटली, फ्रान्स, जर्मनी, अमेरिका, बेलायत र युरोपका हरेक देशमा संक्रमण हुनुले यसमा पनि आम विश्वको चासो केही बढेको थियो ।
अहिलेको विश्वमा जसले जे भने पनि दुई ध्रूवीय रूपमा अघि बढेको छ । एउटा ध्रुवको नेतृत्व अमेरिकाले गरेको छ त्यो पूँजीवादी सोचको रहेको छ । अमेरिकी अर्थतन्त्र वितरणमुखी मानिन्छ । अर्को ध्रुवको नेतृत्व चीनले गरेको छ जोे समाजवादी सोचको रहेको छ । जसलाई वितरणमुखी अर्थतन्त्र भनिन्छ । चीनले प्रयोगशालामा अनेकानेक प्रयोग गर्दा फुत्किएको होस् वा चीनियाँ महिलाले चमेराको मासु खाँदा मानिसमा भएको संक्रमण होस् जे जसरी भए पनि कोरोना भाइरस अहिलेसम्मकै खतरा भाइरसका रुपमा देखियो र विश्वव्यापी रूपमा संक्रमण गरेर करिब १ करोड मानिसहरूमा यसले आफ्नो रूप देखाइसकेको छ ।

यसले विश्व राजनीतिलाई विश्लेषण गर्ने शंकालु विश्लेषकहरूलाई के शंका गर्ने ठाउँ उपलब्ध गराइदियो भने कोरोनाका निहूँ झिकेर पिपिई, माक्स, सेनिटाइजर, थर्मल गन, पन्जा र अनेक दवाईका बेपारहरू गर्नका लागि अहिले शक्ति राष्ट्रहरू तछाँडमछाड गरिरहेका छन् ।


केही मानिसहरूले अहिलेको विश्व स्वास्थ्य संगठनका नेतृत्वकर्ताको शैलीसँग अमेरिका चिढीएको र सो संगठनले चीनमा शुरूमा फैलिएको कोरोना भाइरसका विभिन्न मूल्यवान् तथ्यहरू लुकाएर स्वास्थ्य सामग्रीहरूको बेपारमा चीनलाई एकाधिकारको अवस्था सिर्जना गरिदिएकाजस्ता आरोपहरू लगाएर अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको नियमित अनुदान पनि रोकिदिएको छ ।
यसो भनिरहँदा पनि चीन र अमेरिकाका पक्ष या विपक्षमा अनेकानेक कोणहरूबाट बहस भएका छन् । यसले विश्व राजनीतिलाई विश्लेषण गर्ने शंकालु विश्लेषकहरूलाई के शंका गर्ने ठाउँ उपलब्ध गराइदियो भने कोरोनाका निहूँ झिकेर पिपिई, माक्स, सेनिटाइजर, थर्मल गन, पन्जा र अनेक दवाईका बेपारहरू गर्नका लागि अहिले शक्ति राष्ट्रहरू तछाँडमछाड गरिरहेका छन् ।


यो कहर पछि देशभित्र भारतबाट फेरि सहलको कहर आएको छ । एकैपटक तराईका ८ जिल्ला हुँदै भित्रिमधेशका १७ जिल्लामा प्रवेश गरेको सहलको झुण्डलाई सरकारी अधिकारीहरूले बेलैमा नजरअन्दाज गर्नुले पनि देशमा धेरै बालीनाली र फलफूलको क्षति भएका समाचारहरू आइरहेका छन् । सरकारी अधिकारीहरू अहिले आएको सहल सानो झुण्डको र अझै करोडका झुण्डमा सहलहरू नेपाल भित्रिन सक्ने भनेर बताइरहेका छन् । यसो भनेर भर्खर देशभित्र ६० प्रतिशत भूमिमा रोपाइँ सकिएको अवस्थामा किसानहरूलाई निद हराम पार्ने अवस्थाको सिर्जना भएको छ ।
जिम्मेवार कृषि मन्त्री माननीय घनश्याम भुसालले भने सलह भगाउनका लागि अङ्ग्रेजी गीत कामयाव हुने र अहिले सो गीतहरूको संकलन भैरहेको छ भनेर जग हँसाउने काम गरे । हामीले उनलाई अहिलेसम्म बौद्धिक, दार्शनिक र पढेलेखेका मन्त्रीका रूपमा लिएका थियौं । उनको हालैको यो अभिव्यक्तिले पनि उनी प्रतिको सामान्य नेपाली जनताको आसा र भरोसामा पानी छेपिदिएको छ । नेपाली राजनीतिमा यतिखेर जस्तो देशको दारुण अवस्था न त इतिहासमा कहिल्यै भएको थियो न त भविष्यमा पछि कहिल्यै हुनेछ ।

पक्कै पनि यिनी अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैँक र एसियाली विकास बैँकका अप्रत्यक्ष प्रतिनिधिका रूपमा नेपालजस्तो हरितन्नम देशमा अर्थमन्त्रीका रूपमा ‘प्रोभोग’ गरिएका व्यक्ति हुनु् कि भनेर जनताले पउल शंकासमेत गरेका छन् ।


आर्थिक वर्ष २०७७÷०७८ को बजेट विनियोजन गर्दैखेरि अर्थमन्त्रीका बजेट वितरण गर्ने तरकिब र कृषि, शिक्षा र अर्थ मन्त्रीका कार्य शैलीले जनतामात्र होइन सत्तारुढ पार्टीकै मध्यम र उच्च हाँचका कार्यकर्ता र केही नेताहरूको बोल्ती बन्द गरिदियो । चकलेटमा भन्सार घटाउनु, किताबमा बढाउनु, कृषिमा पुरातन कार्यक्रमहरूलाई नै बढावा दिनु, शिक्षामा सरकारी स्कुलहरूलाई बनाउनका लागि बोर्डिङ्हरूको जिम्मा लगाउनु र शिक्षा मन्त्रीले आफूले सो कार्यक्रम बजेटमा समावेश गरिदिन संयोजन नगरेको बताएपछि एक प्रकारले अर्थमन्त्रीको वित्तीय फट्याइँ देखियो । बौद्धिक र विश्लेषण गर्न जान्ने जनता त यी वित्तमन्त्रीबाट ३ वर्षदेखि नाखुस छन् । पक्कै पनि यिनी अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैँक र एसियाली विकास बैँकका अप्रत्यक्ष प्रतिनिधिका रूपमा नेपालजस्तो हरितन्नम देशमा अर्थमन्त्रीका रूपमा ‘प्रोभोग’ गरिएका व्यक्ति हुनु् कि भनेर जनताले पउल शंकासमेत गरेका छन् ।


साथै एम्सिसीका अनुदानका कुराहरू स्वीकारेर संसदबाटै पास गराउनका लागि सत्तापक्षका प्रम केपी ओली र प्रतिपक्षका नेता शेरबहादुर देउवाको अपवित्र गडजोडले नेपाली शासकहरू विदेशीका ‘करिया’ भएका हुन् भन्ने कुरा अहिले यतिखेर छर्लङ्ग देखाइदिएको छ । एकातिर भारतले मिचेको भूमि सहितको नक्सा संसदबाटै अभूतपूर्व एकतासहित पारित गरेर नक्सा सार्वजनिक गरी राष्ट्रवादको चस्मा पहिरेको दुई तिहाइ पुग न पुग जनमतको सरकारले पार्टी किचलोका कारण चालु संसद अधिवेशनलाई असमयमै अन्त्य गरेर तुहाइदिनाले संसदमा विचाराधीन संसदीय कार्यवाही र विजनेसको बेहाल भएको कुरा संसदीय जानकारहरू बताउँदछन् ।
कृषि मन्त्रीले सहल नियन्त्रणका लागि अंग्रेजी गीत सुनाउनु भन्नु र अर्थमन्त्रीले करका दायराका बारेमा दहीचिउरे नीति ल्याउनु, मन्त्रालयभित्रका सबै ठूला साना कर्मचारीहरू कोपभाजनको सिकार भैसक्दा पनि असफल स्वास्थ्य मन्त्रीलाई पदबाट बर्खास्त नगर्ने प्रधानमन्त्री स्वयम् यतिखेर असक्षम भन्ने कुरा वहाँकै पार्टी र सचिवालयका सदस्यहरूले पटकपटक राजीनामा मागेर प्रमाणित गरिदिइसकेका छन् ।

कोरोना र सहल दुवैबाट नेपाल र नेपाली बाहिर निस्किन सकेमा आउँदो चुनावमा अहिलेका पुराना भनिएका शक्तिहरू नेकपा र काँग्रेसको पक्कै पनि परख जनताले गर्ने नै छन् किनकि यी दुवै कहरमा सबैभन्दा बढी दुःख पाउने भनेकै गरिब, निमुखा र पछि पारिएका जनता नै हुन् ।


आफ्नो समर्थकलाई माइतीघर मण्डलामा बुरुकबुरुक उफारेर गलत सल्लाहकारहरूबाट सल्लाह लिई सरकारको आयु लम्ब्याउनु भन्दा पनि सहमतिका कुराहरूबाट देशलाई निकास दिनु प्रम ओलीको विद्वता ठहर्छ । इतिहासमा बिरलै प्रधानमन्त्रीहरूले पाउने राजनेताको अवसर ओलीले पाएका थिए तर त्यसलाई यिनले जानेर ‘क्यास’ गर्न सकेनन् । अहिले बौद्धिक वर्गमा यस्तो तर्क गरिँदै छ । कोरोना र सहल दुवैबाट नेपाल र नेपाली बाहिर निस्किन सकेमा आउँदो चुनावमा अहिलेका पुराना भनिएका शक्तिहरू नेकपा र काँग्रेसको पक्कै पनि परख जनताले गर्ने नै छन् किनकि यी दुवै कहरमा सबैभन्दा बढी दुःख पाउने भनेकै गरिब, निमुखा र पछि पारिएका जनता नै हुन् ।