प्रधानमन्त्रीज्यू , सार्वजनिक यातायात चलाउने घोषणा गर्नुभन्दा व्यवसायीहरू बाँच्न सक्ने वातावरण बनाउनूस्-गगन थापा

असार २७,

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले यातायात संचालनमा ल्याउनले भन्दा पनि यातायात व्यवसायिहरुलाई राहातको व्यावस्थापन गर्न सरकारसंग आग्रह गरेका छन । शनिबार टुवीट् गर्दै नेता थापाले सार्वजनिक यातायात चलाउने भन्दा पनि यसका संचालक, मजदुरहरुलाई जोगउन तिर लाग्न उनले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गरेका छन् । उनले स्वास्थ्यविज्ञ र सरोकारवालासँग सामुहिक छलफल गरि व्यवसायीहरू बाँच्न सक्ने, मजदुरले काम गर्न सक्ने, उपभोक्ताहरु मारमा नपर्ने गरि यातायात क्षेत्रको समस्याको समाधान खोजन आग्रह गरेका हुन्  । सरकारले गत बिहिबार देखि छोटो दुरीका सार्वजनिक यातायात सुरक्षाको उच्च सावधानी अप्नाएर संचालन गर्न अनुमती दिएको छ । तर यातायात ब्यवसायीहरु भने यो अवस्थामा यातायात संचालन गर्न नसक्ने बताउदै आएका छन् ।  ,

नेता थापाले टुविट्मा लेखेका छन्- प्रधानमन्त्रीज्यू , सार्वजनिक यातायात चलाउने घोषणा गर्नुभन्दा यसका संचालक र मजदुर,स्वास्थ्य विज्ञ र सरोकारवाला सँग सामुहिक छलफल गरि व्यवसायीहरू बाँच्न सक्ने,मजदुरले काम गर्नसक्ने,उपभोक्ता मारमा नपर्ने,स्वास्थ्य सुरक्षाका दृष्टिले यात्राको जोखिम सकेसम्म कम गर्ने गरी समाधान खोज्नुस् ।