फेसबुकमा लाईभ आएर आत्महत्य गरेकोमा नेपाल प्रहरीको ध्यानाकर्षण : देख्ने बितिकै खबर गर्ने आग्रह

असार २७

काठमाडौं । नेपाल प्रहरीकाले फेस्बुक लाईभमा आएर आत्महत्या गरेको घटना प्रति आफ्नो ध्यानाकर्षण जनाएको छ । विभिन्न समयमा विभिन्न कारण मानिसहरु फेस्बुक लाईभमा आएर आत्महत्या गरेको घटनाले आफूहरुको ध्यानाकर्षण भएको नेपाल प्रहरीको साईबर ब्यूरोले आज प्रेस विज्ञप्ति जारी गरि ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

केही दिन अघि दुई युवततीहरुले लाईभमा आएर आत्महत्या गरेका थिए । उसले त्यस्ता घटना, पोष्टहरु फेस्बुमकमा शेयर नगर्ने पनि आमनागरिकमा सचेत गराएको छ । त्यस्ता घटनाले समाजमा अपराधिक क्रियाकलापलाई बढवा दिने भएकाले त्यस्ता पोष्टहरु देख्ने बितिकै प्रहरीलाई खबर गर्न आग्रह गरेको हो । प्रहरीले त्यस्ता भिडियोहरु अन्लाईन् मिडियाहरुमा पनि नराख्न भनेको छ ।

त्यस्ता भिडियोहरु सार्वजनिक नैतिकता विरुद्ध र घृणित् भएको उसको ठहर छ । घटनाको बारेमा जानकारी हुन साथ नेपाल प्रहरीको फोन १००, ब्यूरोको फोन ०१-४२१९४४,९८५१२८६७७० मा सम्पर्क गर्न भनेको छ ।