विपदमा ज्यान गुमाएका परिवारलाई बागमती प्रदेशले तत्काल एक लाख राहत दिने

असार २८,

रामेछाप । बागमती प्रदेशले विपदमा ज्यान गुमाएका परिवारलाई प्रति परिवार एक लाख रुपैया दिने भएको छ ।  आइतबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । हाल प्रदेशका विभिन्न जिल्लामा बाढी पहिरोमा परि २५ जनाको ज्यान गएको छ।  आइतबारको मन्त्रिपरिषदको निर्णय सुनाउदै प्रदेश सरकारका प्रवक्ता एंव आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले यस्तो निर्णय गरेको सुनाए ।

उनका अनुसार आपत विपतमा परेका परिवारलाई तत्काल राहात रकम एक लाख रुपैयाँ दिइने छ । त्यस्तै सम्भावित जोखिममा परेका बस्तीका बासिदाहरुलाई सुरक्षित स्थानमा स्तान्तरण गरिने छ ।

घाइतको उपचारको व्यवस्था मिलाउने र वेपत्ता भएकाहरुको खोजी कार्य गरी उद्दार गर्न सम्बन्धित जिल्लाका विपद् व्यवस्थापन समन्वय समितिहरुलाई सक्रिय बनाउदै लागिने सरकारको योजना छ ।file Photo