दिपकराज गिरीले राजेश हमालसंग मागे दिपाको तर्फबाट हात जोडेर माफी [भिडियोसहित]

कालाकार दिपकराज गिरीले माहानायक राजेश हमालको माहानायक पद छुट्याउने अधिकार दिपाश्री निरौलाको नभएको बताएका छन् । उनले आइतबार आफ्नो फेस्बुकबाट एक भिडियो लाईभमार्फत यस्तो बताएका छन् । दिपाश्रीले माहानायक राजेश हमाल माहनायक हो र ? भनेर दिएको अभिब्यक्ति ले नेपाली चलचित्र क्षेत्र अहिले चरम विवादमा पुगेको अवस्थामा गिरीले यस्तो धारणा राखेका हुन् । उनले यो विवाद देश ब्यापी हुनुमा दुई ब्राण्ड बिचको विवाद भएको बताए ।

उनले छक्कापञ्जा टिम र माहानायक राजेश हमालको माहानायक ब्राण्डबिच यो विवाद भएको बताए । गिरीले यो विवाद राष्ट्र ब्यापी बन्नुमा दुखद् भएको बताउदै दिपा वा कलाकारहरुलाई माहानायक पदमा प्रश्न उठाउने हैसियत नभएको बताए । उनले यो जिम्मा नेपाली जनताको, दर्शकको भएको बताए । साथै उनले आफूहरु माहानायक पदको लागि मरिहत्ते नगरेको पनि बताए । दिपाले भनेको सबै कुरा भएको ठिक भएको तर उनका बडिल्याङ्गोजले साथ नदिएको भने । एक कलाकारले अर्को कलाकारको टिप्पणी गर्दा हामी कलाकार चुकेको उनले स्पष्ट परे ।

उनले आफ्नो टिममा दिपा राजेश हमालको सबै भन्दा ठूलो फ्यान भएको जानकारी दिए । दिपकले राजेश हमाल सहित उनका फ्यानहरुसंग हात जोडेर माफि मागे । दिपकले सामाजिक संजालमा दिएको टिकाटिप्पणी ७५ प्रतिशत फेक आइडिबाट भएको बताए । आफूहरुको टिमलाई नकारत्मक देखाउने काम भएको बताए । उनले यो घटनाले हाल एक मान्छे स्वान्त्र बोल्ने अधिकारको हन्न भएको बताए । घटनामा दिपाले माफि मागेपनि घटना नसेलाएको प्रति दुख ब्यक्त गरेका छन् । उनले केही संगठनहरुनै मिलेर आफ्नो टिमलाई फसाउन लागेको आरोप लगाए ।

मान्छेबाट गल्तिहुने भन्दै उनले सडकबाट आएको स्मतण गरे । राजेश हमाललाई माहानायकको पदमा आवज उठाउने दिपा पहिलो मान्छे नभएको उनको भनाई छ । नाम उल्लेख नगरी जिन्दागी भरि राजेश हमालको विरोद्ध गर्नेहरु अहिले राजेशको सपोर्टा लागेको तर्क गरे । उनले आफ्नो टिमलाई सकाउनु पर्ने भनेर केही तत्वहरु लागि परेको बताए ।