बन्द गरिएका भारतीय च्यानलहरु पुनः खुले

असार २९

काठमाडौं । बन्द भएका भारतीय न्युज च्यानलहरु पुनः खुलेका छन् । नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीका बारेमा जथाभावी समाचार प्रशारण गरेपछि बन्द गरिएका च्यानलहरु पुनः खुलेका हुन् ।  भारतीय मिडियाहरुले तथ्यहीन र कपोल्कल्पित समाचार प्रशारण गरेका थिए ।

म्याक्स टीभीका उपाध्यक्ष ध्रुव शर्माका अनुसार केवल अपरेटरहरुको संयुक्त बैठकले नेपाल र नेपालीका बारेमा भ्रम फैलाउने केही टेलिभिजन च्यानलबाहेकका अरु सबै च्यानल सुचारु राख्ने निर्णय गरेको हो । आजतक, जी न्युज, इन्डिया टुडे, एबीपी, जीका सम्पूर्ण च्यानल बन्द गरिएको उनले बताए ।

ग्राहकको दबाब बढेकै कारण नेपालविरुद्ध खनिएका यी च्यनलबाहेक अरु खोलिएको हो । आवश्यक परे भोलि कुनै पनि बेला बन्द गर्न सकिने शर्माले बताए ।file Photo