रामेछापको विभिन्न ठाँउमा बाँदरको आतकं, बालि सखाप

असार २९,

रामेछापका जिल्लाको विभिन्ना पालिका तथा नगरपालिकाका वडाहरुमा बाँदरले दुख दिएको छ । मन्थली नगरपालिकाको वडा नं ३, ४ र ५ मा बाँदरले किसानले लगाएको बालिनाली खाएर सखाप परेको स्थानीहरुले बाताएका छन् । विशेष गरि सालु सुनारपानी, कठजोर, गैराथोकमा किसानहरुलाई हैरान परेको हो । बाँदर घरनजिकैको बारीमा समेत आउने गरेको सालुबाट स्थानीय उज्न श्रेष्ठले जनता भ्वाइसलाई जानकारी दिए । उनका अनुसार बाँदरले मकै, तरकारी फलफुल, खाएर नष्ट पारेको हो ।

करिब २०/२५ वटाको समुहमा आउने बाँदरको समुहले बालिनाली खाँदा स्थानीय चिन्तित् भएको कठजोककी स्थानीय निर्माया तोलाङ्गेले बताइन् ।  दिनभरी आफूहरुले बाँदर रुङेपनि रातिको समयमा हुलका हुल बाँदर आएर बालिनाली तहसनस् नाएको गैराथोकका स्थानीय राकेश श्रेष्ठले बताए । बाँदरले एकले साना नानीबबुरहरुलाई समेत लाखेट्ने गरे स्थानीयहरुको भनाई छ ।

त्यस्तै गोकुलगंगा गाउपालिकाको विभिन्न वडाहरुमा पनि बाँदरला सताउने गरेको छ ।