रामेछापमा बन्दुकको छर्रा लागेर एक घाइते, एक प्रकाउ

असार २९

रामेछाप । रामेछापमा भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा रामेछाप नगरपालिका वडा नं ६ का ४० वर्षीय ईन्द्रबहादुर थापा मगर छन् । उनलाई गत आइतबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले भरुवा बन्दुकसहित पक्राउ परेका हो ।

थापामगरले मकै बारीमा बाँदरल धपाउनको लागि भरुवा बन्दुक पड्काउने क्रममा बन्दुकको छर्रा लागेर सोही ठाउँका १९ वर्षीय आकाशआले मगर घाइते भएका थिए । सो घटनाको सूचना पाएपछि खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।

छर्रा लागि घाइते आकाशको धुलिखेल अस्पताल काभ्रेमा उपचार भइरहेको रामेछाप प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।file Photo