२४ घण्टामा १७सय भन्दा बढी कोरोका बिरामी निकोभएर डिस्चार्ज

असार २९

रामेछाप । नेपालमा वितेको २४ घण्टामा १५ भन्दा बढी कोरोना संक्रमितहरु निकोभएर घर फर्किएका छन् । सोमबारको नियमित मिडियामा ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वा गौतमले दिएको जानकारी अनुसार १ हजार ७ सय ५ जना निको भएर घर फर्किएका हुन् । यो संगै नेपालमा कोरोना जित्नेको कुल संख्या १० हजार २ सय९४पुगेको छ । यो आज सम्मकै धेरै निको भएको पहिलो दिन हो ।

त्यस्तै नेपालमा हाल ६ हजार ६ सय १३ जना कोरोना संक्रमितहरु संक्रिय संक्रमित रहेका छन् । वितेको २४ घण्टामा १ सय ४४ जना नयाँ संक्रमितहरु थपिएका छन् । ३८ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

यस्तै अहिलेसम्म निको भएकासहितको कूल संक्रमितको संख्या १६ हजार ९४५ रहेको पनि गौतमले बताए ।

उनका अनुसार आज काठमाडौं उपत्यकामा ९ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंका ३, भक्तपुरका १ र ललितपुरका ५ जना रहेका छन् ।