कठजोरमा विभत्स हत्या, एकको मृत्यु, एक गम्भिर

असार ३०,

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा २ कठजोरको धानखोरीया भन्ने ठाँउमा विभत्स हत्या भएको छ । हत्यामा एक जनाको मृत्यु भएको छ । भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा सोही ठाँउका ६२ वर्षीय विनोद श्रेष्ठ छन् । गम्भिर घाइते भएका उनको उपचारको लागि मन्थलीस्थित तामाकोसी अस्पताल ल्याइएको र अस्पतालले मृत घोषणा गरेको थियो ।

घाइते हुनेमा ३७ वर्षीय कुमार श्रेष्ठ र २५ वर्षीय प्रेम श्रेष्ठ रहेका छन् । ३७ वर्षीय कुमार श्रेष्ठ गम्भिर घाइते भएका छन् । उनलाई सोमबार रातिनै थप उपचारको लागि काठमाडौंको ट्रमा सेन्टरमा पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका पवक्ता टकेन्द्र शर्माले जनता भ्वाइसलाई जानकारी दिए । प्रेमको अवस्था सामान्य रहेको छ ।

उनीहरुसंगै स्थानीय एक होटलमा रक्सी खाएर राति नौ बजेको समयमा घर फर्किरहेको अबस्थामा चार मध्ये ६२ वर्षीय डिलबहादुर श्रेष्ठले अरु तीन जनालाई धारिलो हतियार प्रहार गरेका थिए । उनीहरु सबै आफ्नता पर्ने बताइएको छ । उनलेसंगै हिडेका तीन जनालाई पछाडिबाट केले हानेको आफूहरुले पत्तै नपाएको तर हतियार धारिलो रहेको घाइते प्रेम श्रेष्ठले जनता भ्वाइसलाई भने ।

उनले भने हामी रक्सीले कोही पनि मातेका थिएनौ । ९ बजे नै घर जादै गर्दा पछाडिबाट उनले हामीलाई हतियार प्रहार गरे । हामी भागा-भागा भयो । उनी मानसिक रुपमा पहिले पहिले आली कम्जोर थिए । तर अचेल उनी ठिक थिए उनले भने ।

हतियार प्रहार गर्ने श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शव पोष्टमाटमको लागि प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीस्थित आकाशेमा राखिएको छ। file Photo