गेलुमा कोरोना पुष्टि भएकी गर्भवती महिलाको परिवारसहित २० जनामा देखिएन कोरोना

असार ३०

रामेछाप । केही दिन अघि रामेछापको मन्थली नगरपालिका वडा नं ११ गेलुमा एक गर्भवती महिलामा कोरोना देखिएको थियो । तर उनको सम्पर्कमा आएका उनका परिवारका सदस्यसहित २० जनाको रिपोर्ट नेगेटिभ आएको गर्भवती महिला बसेको अस्पताल गेलुका डा. निरत्न भण्डारीले जनता भवाइसलाई जानकारी दिए ।

मंगलबार जनता भ्वाइससंग कुरा गर्दै डा. भण्डारीले खुसि व्यक्त गरे । सोही स्वास्थ्य चौकीमा सुत्केरी हुन् आएकी एक महिलालाई केही दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई सो अस्पतालमा परीक्षण गर्दा कोरोनासंग मिल्दो जुल्दो लक्ष्ण देखिएकाले थप परिक्षणका लागि पठाउँदा पाटन अस्पतालमा गरिएको परिक्षणमा कोरोना भएको पुष्टि भएको डा. भण्डारी जानकारी दिए । उनका अनुसार अहिले ती महिलाको अवस्था सामान्य सरहेको छ ।  याहाँबाट पठाएको भोलीपल्टनै विभिन्न माद्यमबाट उनमा कोरोना भएको पुष्टि भएको खबर आयो उनले भने ।

उनीसंगै उनको परिवारका सदस्य ८ जना, उनको उपचारमा खटिएका स्वास्थ्यकर्मी, एम्बुलेसन्स चालकलगाएतका गरि उनको सम्पर्कमा आएकाहरु २० जनाको सोमबार रिपोर्ट नेगेटिभ आएको छ उनले भने । 

विगत एक वर्षदेखी सोही अस्पतालमा कार्यरत डा. भण्डारीले सो अस्पतालमा दैनिक १५ देखी २० जना मानिसहरु विभिन्ना समस्या लिएर अस्पताल आउने गरेको बताए । तर त्याहाँबाट प्रवाह भएको सेवाबाट नागरिकहरु सन्तुष्ट नभएको उनी स्वकार गर्छन् । त्याहाँ भनेको समयमा औषधी सकिएको हुने, नगरपालिकाले भनेको बेलामा औषधी नपठाउने जस्ता समस्याले उनिहरु सन्तुष्ट हुन नसकेको उनको भनाइ छ । मौसम परिवर्तन भएसंगै मौसमी रुघाखोकी, ज्वारो, झाडापखाला, छालाका बिरामी र दिर्घ रोगीहरु बढेको उनी बताउछन् ।  

कुल ११ जना कर्मचारी रहेको त्याहाँ दुई जना कर्माचारी अभाब रहेको उनले बताए ।file Photo