खाँडादेवी गाउँपालिकाको आगामी आर्थिक वर्षको लागि ८७ करोड बजेट सर्वसमतिले पारित

असार ३०

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाले ल्याएको आगामी आर्थिक वर्ष २०७७/७८ को लागि ८७ करोड बजेट सर्वसमतिले पारित भएको छ । मंगलबार सातौं गाउँसभामा ८७ करोड बराबरको बजेट पालिकाकी उपप्रमुक मखमली श्रेष्ठले सो बजेट ल्याको घोषणा गरिन् । उनले कृषि, स्वास्थ्य, कोरोना भाइरस संक्रमण नियन्त्रण, भौतिक संरचना निर्माण, महिला बालबालिकाहरुको विकास, विपन्न वर्गको विकास, अपङ्गामैत्री पालिका, शिक्षा क्षेत्रको विकास, विपन्नहरुको जीवनस्तरसुधार लगाएतका महत्वपूर्ण योजना अघि सारेको बताइन् ।

गत असार १० गते ल्याइएको बजेट करिब १५ दिनको लामो छलफलपछि सर्वसमतिले पारित गरिएको वडा नं ३ भिरपानीका वडा अध्यक्ष पुष्कर कुमार कार्कीले जनता भ्वाइसलाई जानकारी दिए । उनका अनुसार ५ करोड ५० लाख बजेट चालु तर्फ छुट्इएको छ ।

पालिकाले पारित गरेको बजेटले कोरोना भाइरसले थङथिलो पारेको पालिकाको अर्थतन्त्रलाई सुधारण सहयोग गर्ने पालिकाका प्रमुख प्रेम तामाङले बताएको उनको भनाइ उदृत गर्दै वडा अध्यक्षले आएको बजेटले आगामी योजना, विकास र अर्थतन्त्रलाई अगाडी बडाउने विश्वास ब्यक्त गरे ।  

फोटो सौजन्य कार्की