नेविसंघ रामेछापद्वारा स्वास्थ्य सामाग्री वितरण

असार ३०

रामेछाप । नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति रामेछापका सचिव सुन्दर घिमिरेले नेपाली कांग्रेस महादिवेशन प्रतिनिधि तथा समाजसेवी शिव श्रेष्ठको सहयोगमा स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।  घिमिरेले मंगलबार मन्थली नगरपालिका वडा नं ११ गेलुको स्वास्थ्य चौकीलाई कोरोना भाइरस संक्रमण परीक्षण गर्न अत्यवाश्यक पर्ने थर्मल गन, मास्क, स्यानिटाइजरलगाएतका स्वास्थ्य सामाग्री स्वास्थ्य चौकीमा पुगेर स्वास्थ्य चौकीका प्रमुख डा. निरत्न भण्डारीलाई हस्तान्तरण गरेका हुन् ।

यसअघि पनि विभिन्न ठाँउका अस्पताल तथा स्वास्थ्य चौकीलाई सहयोग गरेका श्रेष्ठले आगामी दिनमा पनि सहयोग गर्ने बताए ।file Photo