के-के आवश्यक पर्छ राष्ट्रिय परिचयपत्र बनाउन : रामेछापमा भोलीबाट सुरु हुदै

असार ३१,

रामेछाप । रामेछाप जिल्लामा भोली साउन १ गते बिहिबारदेखि राष्ट्रिय परिचयपत्र विवरण संकलनको काम सुरु हुदै छ । पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय रामेछापमा नागरिकता तथा राहदानी बनाउन आउने व्यक्तिहरुको विवरण संकलनको काम भोलीदेखि सुरु हुन लागेको हो । केही दिन अघि प्रशासनमा बसेको एक जिल्ला स्तरिय भेलाले सो निर्णय गरेको हो । परिचय पत्र बनाउनको लागि प्रशासनले बुधबार एक सुचना जारी गर्दै संचारमाध्यममार्फत नागरिकहरुलाई परिचयपत्र बनाउनको लागि अनुरोध समेत गरेको छ । 

प्रशासनले विवरण दर्ता र कागजात राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा पठाई, कार्ड तयार भएपछि जिल्ला प्रशासन कार्यालयबाट सम्बन्धित व्यक्तिलाई विवरण प्रदान गरिने जानकारी दिएको छ । जारी सूचनामा परिचयपत्र बनाउन नेपाली नागरिकताको प्रमाण पत्रको सक्कल र प्रतिलिपी, आमा र बुबाको नागरिकताको प्रतिलिपी उपलब्ध भएसम्म र नगारिकराको प्रमाणपत्रमा जन्म मिति नखुलेकाको हकमा सो खुल्ने प्रमाण वा स्थानीय तहको सिफारिस पत्र माग गरेको छ ।

सो पत्र पाउनको लागि कम्तिमा १६ वर्ष उमेर पुरा भएको हुनु पर्ने र नेपाली नागरिकताको प्रमाण पत्र लिएको हुनु पर्ने जिल्ला प्रशासनका प्रशासकीय अधिकृत राम प्रसाद भट्टराईले हस्ताक्षर गरेको सूचनामा उल्लेख गरिएको छ ।

राष्ट्रिय परिचय पत्र वितरण दर्ता सम्बन्धि सूचना