चितुवाको आक्रमणमा परी रामेछापको डुम्री खर्कामा एकै परिवारका ३ जना गम्भिर घाइते

असार ३१

रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ डुम्रिखर्कामा चितुवाको आक्रमणबाट एकै परिवारका तीन जना गम्भिर घाइते भएका छन् । बुधबार बिहान घर नजिकको खरबारीमा दाउरा लिन गएकी ३० वर्षीय छोरी अनिता सुवेदीलाई बारीको कान्लामा सुतेर बसेको चितुवाले एक्कासी आक्रमण गर्दा उनी गम्भिर घाइते भएकी हुन् ।

उनी कराएको आवज् सुनेर उनका दाई ३० वर्षीय बद्री सुवेदी र ४५ वर्षीय बुबा कृष्णा सुवेदी जाँदा उनीहरुलाई पनि चितुवाले आक्रमण गरेको उनकी भाइकी छोरी सुजना सुवेदीले जनता भ्वाइसलाई जानकारी दिइन् ।

घाइतेहरुको प्रथामिक स्वास्थ्य केन्द्र मन्थलीमा उपचार भैरहेको छ । उनीहरु चितुवाको आक्रमणमा परेका हुन् । उनीहरुलाई चितुवाको टोकाइबाट एक जनाको हातमा प्वाल परेको छ भने दुई जनाको शरिरभरी चोट लागेको छ । चितुवा हाल सम्म पनि आक्रमण गरेको ठाँउबाट कतै नगएकाले जिल्ला प्रहरी कार्यालयको टोली घटना स्तलतर्फ गईरहेको बताइएको छ ।file Photo