मन्थली माविका २५ जना शिक्षक शिक्षिकाले पाए ल्यापटप

असार ३१

रामेछाप । रामेछापको मन्थलीस्थित मन्थली माध्यमिक विद्यालयमा कार्यारत २५ जना शिक्षक शिक्षिकाहरुले ल्यापटप निशुल्क पाएका छन् । जिल्लाकै नमुना माबि मन्थलीले कोरोना भाइरस संक्रमणले आफूहरुको दैनिक गुजरामा समेत समस्या भएको भन्दै देशैभरीका शिक्षक, शिक्षिका आन्दोलनमा उत्रिएका बेला यस विद्यालयले आफ्ना कर्मचारीहरुलाई निशुल्क १४ लाख ८२ हजारको ल्यापटप दिएको हो । एक शिक्षक एक ल्यापटप अवधारणा अन्तरगर उनीहरुलाई विद्यालय ब्यवस्थापन समितिले लिएको नीति बमोजिम उनीहरुले ल्यापटम पाएको सो विद्यालयका शिक्षक चन्द्रसिङ् धामीले जनता भ्वाइसलाई जानकारी दिए ।

कोरोना भाइरस संक्रमणले पारेको विषम परिस्थितिमा अन्ताइन टिचिङ्लाई निरन्तरता दिनको लागि सो प्राविधिक सामाग्री हस्तान्तरण वितरण गरिएको हो । सो विद्यालयले आगामी दिनमा सूचानात्मक विधिलाइ पहिलो प्रथमिकतामा रखेको उनले बताए ।

जटिल विषय र अन्लाईन कक्षा संचालन गरिरहेकाहरुलाई पहिलो चरणमा २५ जनालाई ल्यापटप हस्तान्तरण गरिएको हो । विद्यालयमा ६४ जना कर्माचारी रहेका छन् । उनीहरु सबैलाई सो ल्यापटम यसै आर्थिक वर्षामा दिनको लागि ल्यापको माग भैसकेको उनले बताए । मंगलबार एक कार्यक्रमका बिच सो ल्यापटम वितरण गरिएको हो । फोटो सौजन्य शिक्षम धामी