साउनको पहिलो साताबाट मन्थली माविले पढाइ सुरु गर्ने,

असार ३१

रामेछाप । रामेछापको मन्थलीस्थित मन्थली माध्यमिक विद्यालयले आगामी साउनको पहिलो साताबाट पढाइ सुचारु गर्ने तयारी गरेको छ । कोरोना भाइरस संक्रमण फैलिएपछि गएको चैत महिनादेखि बन्द रहेको विद्यालयले कोरोना भाइरस संक्रमण क्रमश कम हुदै गएको अवस्थालाई मध्यनजर गरि विद्यालय खुलाउने तयारी गरेको विद्यालयका शिक्षक चन्द्रसिङ् धामीले जनता भ्वाइसलाई जानकारी दिए । बुधबार जनता भ्वाइससंग कुरा गर्दै उनले भने सरकारले आगामी साउनको सात गतेसम्मलाई बन्दाबन्दी नै भनेको छ । त्यसपछि सरकारको निर्णय के हुन्छ त्यो हेरेर काम अघि बढाउछौं । त्यती बेला पनि यस्तै भयो भने हामी नगरपालिकासंग समन्वय गरेर भएपनि विद्यालय खुलाउने तयारीमा छौं, विद्यार्थीहरु समस्यामा परि सके उनीहरुको पढाइको ध्यान मोडिएको छ ।

त्यसैले विद्यालय तत्काल खुलाउने पक्षमा हामी छौं भने । विद्यालयमा पढाइ नहुदा अभिभावकले छोराछोरीको शिक्षक शिक्षका बनेर उनीहरुको ध्यान पढाइमा उगाउन उनले सुझाप पनि दिए । त्यस्तै प्रधानध्यापक टंकप्रसाद दाहालले विद्यालय खुलनको लागि आफूहरुले विद्यालयको वातावरण तयारी अवस्थामा रहेको बताए । उनले भने हामी सबै तयारी अवस्थामा छौं, कोरोना भाइसर संक्रमणले समस्या अन्य विद्यलयहरुलाई पारेको भएपनि आफ्नो विद्यालयलाई नपरेको उनले बताए । सो विद्यालयका सबै शिक्षक, शिक्षिकाहरुको तलब ढिलो चाडो पूरै दिने उनले बताए । साथै शिक्षक, शिक्षिकाबाट पनि कुनै गुनासो नआएको बताए । हाल मन्थली माविमा ६४ जना शिक्षक, शिक्षिका छन् ।

उनीहरु सबै बन्दाबन्दीको समयमा पनि विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तमा वृद्धि गर्न लागि परेको उनले बताए । हाल विद्यालयको भौतिक, शैक्षिक, मानसिक, प्राकृतिक आदि तयारी रहेको उनले बताए । मन्थनी मावि रामेछाप जिल्लाकै नमुना मावि हो । माविमा यो शैक्षिकसत्रको लागि १४ सय ७० जना विद्यार्थी रहेको प्रध्यापक दाहालले बताए ।file Photo