११ हजार नाघ्यो कोरोना जित्नेको संख्या : थप ११६ जना संक्रमित थपिए,

असार ३१

रामेछाप । बितेको २४ घण्टामा १ सय १६ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार १ सय ७७ जना पुगेको छ । त्यस मध्येमा ६ हजार १ सय १४ जना सक्रय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्व गौतमले जानकारी दिए । उनकाअनुसार नेपालमा कोरोना जित्नेको संख्या ११ हजार नाघेको छ । डिस्चार्ज हुनेको संख्या ११ हजार २५ पुगेको हो । बितेको २४ घण्टामा थप ६ सय ९७ जना कोरोना संक्रमणमुक्त भएका छन् । अर्थात हालसम्म संक्रमितमध्ये ६४.२ प्रतिशत निको भएका छन् । बितेको २४ घण्टामा ५ हजार ९० जनाको परीक्षण भएको छ ।

त्यस्तै आज काठमाडौंमा ७ जना संक्रमित थपिएका छन् । त्यस्तै थप एकको मृत्यु भएको छ । यो संगै मृत्कको संख्या ३९ जना पुगेको छ ।

हाल सम्ममा २४ हजार ५ सय २७ जना रहेका छन् । त्यस्तै आईसोलेसनमा ६ हजार १ सय १३ छन् ।