आगामी महाधिवेशनमा देउवा सभापति उम्मेदवार बन्ने दाउमा, नभए चुनाव भाँड्ने खेल सुरु

साउन १,        

काठमाडौं । नेपाली कांग्रसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूले सभापति शेरवहादुर देउवाले आगामी फागुनमा चुनाव नगराउने खेलमा लागि परेको आरोप लगाएको छ । देउवाले चुनाव नगरेर आफ्नो कार्यकाल लम्ब्याउने कसरतमा लागेको निष्कर्ष निकालेको हो । बुधबार पौडेल पक्षका राजधानीमा रहेका नेताहरूको भेलाले आगामी फागुन ७ देखि हुने भनिएको महाधिवेशन भाँड्न देउवा पक्ष लागेको आरोप लगाएको हो । कांग्रेसको आगामी फागुन ७ गतेदेखि  १४ औं महाधिवेशनले हुने कार्यातालिका छ । पौडेल पक्षले सभापति देउवा आफैँ आगामी महाधिवेशनमा सभापतिकै उम्मेदवार हुने आशंका पनि गरिएको छ ।

‘देउवा पक्ष फागुनमा महाधिवेशन नगर्ने मनस्थितिमा छ,’ पौडेल पक्षका एक नेताले भने, ‘अहिले सदस्यता नवीकरण र सदस्यता वितरणको नाममा असाध्यै भद्रगोल काम छ । त्यस्तै पार्टी प्रवेशका नाममा जथाभावी क्रियाशील सदस्यता वितरण गर्न लागिएको बताए ।

देउवा कार्यकाल लम्ब्याउने दाउमा छन्।’  ती नेताकै अनुसार पौडेल पक्षको भेलामा वरिष्ठ नेता पौडेल, कांग्रेसका महामन्त्री शशांक कोइराला, कांग्रेसका केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, प्रकाशमान सिंह, डा.मीनेन्द्र रिजाल, दिलेन्द्र बडू लगायतका नेता सहभागी थिए।file Photo