ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिनुस् भने प्रचण्ड र माधव नेपालले

साउन ०१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन शीर्ष नेताहरुले आज पनि आग्रह गरेका छन् । बालुवाटरमा बिहानदेखि जारी छलफलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीबाट राजीनामा दिन माग गरेका हुन् । तर ओलीले दुबै पद नछाड्ने आडान काएमै राखेका छन् ।

बालुवाटारको छलफल अघि नेताहरु प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल) प्रचण्डको निवास खुमलाटारमा प्रधानमन्त्रीको राजीनामा माग्ने छलफल तथा तयारीका साथ छलफल गरेका थिए  ।

भोलि साउन २ गतेका लागि तय भएको स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा सहमति खोज्न भन्दै तीन नेता आज बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका थिए । यसअघिका वार्तामा ओली र प्रचण्ड मात्र बस्दै आए पनि यो पटक प्रचण्ड नेता नेपाललाई लिएर पुगेका थिए । बैठकमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए । तर आज पनि सहमति जुटेको छैन । file Photo