कतार विश्वकपको खेल तालिका सार्वजनिक

साउन १,

काठमाडौं । आगामी सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको खेल तालिका सार्वजनिक गरिएको छ । ६० हजार क्षमता दर्शक अट्ने रंगशालामा खेल उद्घाटन हुने छ । विश्वकपको फाइनल खेल ८० हजार दर्शक क्षमता रहेको लुसेल रंगशालामा १८ डिसेम्बरमा हुनेछ । जसअनुसार कतार विश्वकपको उद्घाटन नोभेम्बर २१ तारिखमा अल बायत रंगशालमा हुनेछ ।

प्रतियोगिताको समुह चरणका बेला हरेक दिन चार वटा फरक रंगशालामा चार खेल हुनेछन । कतारको खलिफा रंगशालामा प्लेअफ र तेस्रो स्थानका लागि खेल हुनेछन।

यसअघि जुन र जुलाईमा हुँदै आएको प्रतियोगिता पहिलो पटक नोभेम्बरमा हुने भएको हो। कतारमा जुन जुलाईमा अत्याधिक गर्मी हुने भएकाले विश्वकप फुटबल नोभेम्बरमा सारिएको हो ।ऐजेन्सि/फोटो खेलकुद पेज