चुचुरेका ६५ घरपरिवारलाई राहात वितरण [फोटोसहित ]

साउन ०१

रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं १ चुचुरेका ६५ घर परिवारलाई राहात विरतण गरिएको छ । गएको बुधबार अर्थात असार ३१ गते सामुदायिक विकास समाज सिडियस्  रामेछापको सहयोगमा वडाका विपन्न, गरिब, असाहय,  घरपरिवासलाई राहात स्वारुप चामल, दाल, नुन, तेललगाएतका अत्यावश्यक खाद्यन्नका सामाग्री हस्तान्तरण गरिएको सोही वडाका वडा अध्यक्ष मणीकुमार लामाले जनता भ्वाइसलाई जनाकारी दिए । कोरोना भाइरस संक्रमणले पारेको प्रभावलाई केही सहज होस् भन्ने उदेश्यले राहात वितरण गरिएको उनको भनाई छ । वडाले यस अघिका दिनहरुमा पनि राहात वितरण गर्दै आएको छ। 

फोटो सौजन्य अध्यक्ष लामाबाट