नेकपा विवाद : ओली–प्रचण्ड र माधव नेपालबिच छलफल जारी

साउन ०१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी विवाद समाधानको लागि आज पनि शीर्ष नेताहरु आन्तरिक छल्फलमा जुटेका छन् । आहिले केहीबेर अघि छलफल थालेका हुन । आजको छलफलमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालबीच सहमतिको प्रयास खोजिने छ । 

गत असार १० गते देखि जारी बैठकले हालसम्म पनि सहमति जुटाउन सकेको छैन् । पार्टी भित्रै ओलीको राजीनामा माग भएपछि विवाद चर्किएको हो । आजको बैठकले सहमतिको प्रयास खोजने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए  । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ। file Photo