रामेछाप जिल्लामा कोरोनाका बिरामी शून्य

साउन ०१

रामेछाप । जिल्ला अस्पताल रामेछाप कोरोना मुक्त भएको छ । ५ सय ८ जनाको पिसीआर परीक्षण गर्दा २३ जना संक्रमित भएको पुष्टि भएकोमा उनीहरु निको भएर घर फर्किएसंगै अस्पताल कोरोना मुक्त भएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कर्णले जनता भवाइसलाई जानकरी दिए ।

अब जिल्लामा साउन १ गतेसम्म एक जना पनि कोरोनाका बिरामी जिल्लामा नभएको उनले बताए । तर याँहाका कोरोना पुष्टि भएका तीन जना काठमाडौंमा उपचार गराई रहेको उनले बताए । जिल्लाका ३३  जना मानिसहरुमा कोरोना पुष्टि भएको थियो । उनीहरु १० जना जिल्ला बाहिर बस्दै आएको छन् ।

गोकुलगंगा गाउँपालिकाका ११ जना, लिखु तामाकोसी गाउँपालिकाका १० र मन्थली नगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हालसम्ममा नेपालमा ११ हजार २५ जनाले कोरोनालाई जितेका छन् । यो कुल संक्रमित मध्ये करिब ६१ प्रतिशत हो । file Photo

यो पनि पढ्नुहोस्
११ हजार नाघ्यो कोरोना जित्नेको संख्या : थप ११६ जना संक्रमित थपिए,