सिन्धुलीमा कोरोना जितेर एक जना डिस्चार्ज

सम्झना श्रेष्ठ, श्रावण १ सिन्धुलीमाढि ।
आज कोरोना जितेर एक जना डिस्चार्ज हुनुभएको छ । सिन्धुलिको दुधौली नगरपालिका २ भलुवाहिका का ३५ बर्षिय राजदेव अधिकारी दनुवार सिन्धुली अस्पताल बाट डिस्चार्ज हुनु भएको अस्पताल व्यवस्थापक विमल श्रेष्ठले जानकरी दिनुभयो । उहाँको दोस्रोपटकको कोरोना रिपोर्ट नेगेटिभ आएपछि आज अस्पतालबाट डिस्चार्ज गरिएको हो । उहाँ गत असार १७ गते कोरोना रिोर्ट पोजेटिभ आएपछि अस्पताल भर्ना हुनुभएको थियो । अव सिन्धुली अस्पतालमा ३ जना पुरुष आइशोलेसनमा उपचार गराइरहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको सिन्धुली अस्पतालले जनाएको छ । यो सँगै सिन्धुली अस्पतालकै आइशोलेसनमा रहेर उपचार गराई ८ जना डिर्चाज भैसकेका छन् ।