आजको नेकपा स्थायी कमिटी बैठक स्थगित

साउन २,

काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटीको आजको लागि डाकिएको बैठक स्थगित भएको छ । बैठक आज बिहान ११ बजेका लागि डाकिएको थियो ।

बैठक आज दिउँसो ३ बजेसम्मको लागि सारिएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जनाकारी दिए । अहिले दुई अध्यक्षबीच छलफल चलिरहेको सापकोटाको भनाइ छ ।

गत असार १० गते देखि सुरुभएको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीकै नेताहरुले राजीनामा मागे पछि पटक पटक स्थगित तथा विवादीत् हुदै आएको छ। file Photo