थए एक जनाको कोरोनाका कारण मृत्यु : ४० पुग्यो मृतकको संख्या

साउन ०२,

काठमाडौं । नेपालमा कोरोनाका कारण थप एक जनाको ज्यान गएको छ । हिजो राती उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ७३ बर्षिय एक व्यक्तिको मृत्यु हो । सप्तरीको राजविराज नगरपालिका वडा नं १ का रामकृष्ण दासको गएराति उपचारका क्रममा मृत्यु भएको बीपी प्रतिष्ठानको मेडिसन विभाग प्रमुख डाक्टर संजिव शर्माले जानकारी दिए ।

उनको मृत्यु भएसंगै नेपालमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको छ ।  दास हिजो प्रतिष्ठानमा भर्ना भएका थिए । उनको आइसोलेसनमा  राखेर उपचार गर्दा मृत्यु भएको हो । उनको मृत्यु बारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गर्न बाँकी छ। file Photo