पर्सी आइतबार बस्ने गरि नेकपाको बैठक पुनः स्थगित

साउन ०२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक आगामी साउन ४ गते आइतबारसम्मका लागि स्थगित भएको छ । शुक्रबारको बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो ३:०० बजेसम्मका लागि स्थगित भएकोमा पुनः स्थगित भई साउन ४ गते दिउँसो ३:०० बजे सम्मको लागि स्थगित भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाकार सूर्य थापाले जानकारी दिए ।

गत असार १० गते देखि जारी स्थायी कमिटीको बैठक प्रधानमन्त्री ओलीको राजीनामा पार्टी भित्रै मागिएपछि चर्को विवाद् हुदै आएको छ ।

सोही विषयले निकास नपाउदा बैठक बस्न सकेको छैन् ।file Photo