रामेछापमा ८९२ जनाको पीसीआर परीक्षण : ३३ जनामा पोजेटीभ, ४८५ नेगेटिभ

साउन ०२

रामेछाप । रामेछाप जिल्लामा शुक्रबारसम्ममा ८ सय ९२ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । जसमा ७ सय ७ जना पुरुष र १ सय ८५ जना महिला छन् । त्यस मध्येमा ८ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । भने ४ सय ८५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । त्यस्तै २३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जिल्ला बाहिर रहेका समेत गरि जिल्लाका ३३ जनामा कोरोना पुष्टि भएको छ ।  हाक एक जना पनि कोरोनाका बिरामी जिल्लाम छैनन् । सबै निको भएर घर फर्किएका छन् । 

हालसम्ममा कोरोना भाइरस संक्रमण हुन सक्ने भन्दै सावधानी स्वारुप ५ सय ९ बेड्को क्वारेन्टिन बनाइएको छ । भने २ महिलासहित ६८ जना क्वारेन्टिनमा मानिसहरु रहेका छन् । हालम्ममा १९ जना क्वारेन्टिनबाट फिर्ता भएका छन् ।

त्यस्तै ८९ बेड्को आइसोलेसन कक्ष निर्माण गरिएको छ।  ५१६ जनाको स्वाब  संकलन गरिको छ । जसमा आज ८ जनाको गरिएको छ। file Photo

प्रेस बिज्ञप्ति