सुनचाँदीको भाउ घट्यो

साउन २,

काठमाण्डौं ।  नेपालमा सुनको भाउ घटेको छ । अन्तराष्ट्रिय बजारमा सुनको भाउ घटेकाले नेपालमा पनि तोलामा ५ सय रुपैयाँ घटेको नेपाल सुन्चाँदी ब्यवसायी महासंघले जनाएको छ।  आज सुन नेपालमा ९२ हजार २ सय कारोबार भैरहेको महासंघको भनाइ छ ।

अन्तराष्ट्रिय बजारमा सुन आज १२ डलरले घटेको छ ।

त्यस्तै चाँदी आज तोलामा १० रुपैयाँ घटेको छ । चाँदी आज तोलाको ९ सय ९५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।file Photo