कार्यविधि सरल बनाउन राष्ट्र बैंकलाई कांग्रेसको सुझाव

साउन ३

काठमाण्डौ । नेपाली कांग्रेसको लगानी, पूर्वाधार र रोजगार ः दृष्टिकोण एवं दीगो परियोजना केन्द्रित विशेष समितिले नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीति २०७७÷७८ मा पुनर्कर्जा कोष विस्तार भएअनुसार यसको पूर्ण उपयोग हुने वातावरण निर्माण गर्न परिपत्रमार्फत सरलीकरण गर्नुपर्ने सुझाव दिइएको छ ।

कांग्रेसले मौद्रिक नीतिका सम्बन्धमा आफूले दिएका सुझावमध्ये महत्त्वपूर्ण केही विषय समावेश भएको उल्लेख गर्दै यस्तो प्रतिक्रिया जनाएको हो ।

ुकोभिड–१९ का कारण व्यावसायिक क्षेत्रमा देखिएको शिथिलता अन्त्य गर्न सहुलियत ब्याजदरमा स्रोतको उपलब्धता मौद्रिक उपायबाट दिइने वास्तविक प्रोत्साहन हुन्ु, समितिका संयोजक एवं सांसद विनोद चौधरीले भने ।
कोभिड–१९ ले अर्थतन्त्रमा सिर्जना गरेको शिथिलतालाई सम्बोधन गर्न मौद्रिक प्रोत्साहनका रुपमा सहुलियतपूर्ण कर्जा पूर्णरुपमा उपयोग हुने वातावरणले मात्रै अर्थतन्त्रको विस्तारमा अपेक्षित उपलब्धि हासिल हुनेछन् भन्ने समितिको ठहर छ ।

राष्ट्र बैंकले लगानीका स्रोतको उपलब्धतामा ध्यान केन्द्रित गरेजस्तै निजी क्षेत्रमा कर्जाको माग बढ्ने गरी लगानीका सम्पूर्ण वातावरण सुधार गर्नु सरकारको दायित्व हो । मौद्रिक नीतिले अर्थतन्त्र पुनरुत्थानका लागि स्रोतको उपलब्धता सुनिश्चित गरे पनि लगानीको वातावरणमा सुधार हुन नसके मौद्रिक नीतिको अभिप्रायः सम्बोधन नहुने चौधरीले उल्लेख गरे ।file Photo