दोलखामा बस दुर्घटना, ८ जना घाइते : एकको अवस्था गम्भिर

साउन ३,

रामेछाप । दोलखमा बा ५ ख ६५९० नम्बरको अरनिको गौरिशंकर यातयात बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । दोलखाको मेलुङ गाउँपालिका वडा नं १ पवटिबाट चरिकोटतर्फ गइरहेको बस आज बिहान दुर्घटनामा परेको हो । घाइतेहरु मध्येमा ६ जनाको चरिकोट अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बिहोराले जनता भ्वाइसलाई जानकारी  दिए ।

दुर्घटनामा घाइते मेलुङ गाउँपालिका वडा नं १ पवटिका ३१ वर्षिया नविन प्रसाद वली, २८ वर्षिया एलिना खड्का, २४ वर्षिया कविता वली, रुपेश खड्का, कालिन्चोक गाउँपालिका वडा नम्बर ३ लामीडाँडाकी २९ वर्षिया पवित्रा वली शिवाकोटी र उनका २ वर्षिया छोरा प्रमोद शिवाकोटी रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको उनले बताए ।

घाइते मध्ये ४२ वर्षिया राम चन्द्र खड्काको अवस्था गम्भरि रहेको छ । दुर्घटनामा बसमै फसेकी एक महिलालाई जेसिविको सहायतामा सकुशल उद्धार गरिएको छ । उनी सहित थप एक जना घाइतेलाई उपचारका लागि चरिकोट लगिदै गरेको प्रहरीले भनेको छ । दुर्घटनाको कारण र घटनाबारे थप जानकारी आउन बाँकी छ। file Photo