नेकपाको सचिवालय बैठक आज बस्दै

साउन ०३

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ । शनिबार दिउँसो ३ बजेका लागि बैठक बोलाएको नेकपाले जनाएको छ । हिजोका लागि डाकिएको स्थायी कमिटीको बैठक भोलि आइतबारसम्मको लागि स्थगीत भएको छ । हिजो बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो ३ बजेसम्माको लागि सारिएकोमा पुनः स्थगित गरेर आइतबार सम्मको लगि सारिएको प्रधानमन्त्रीका प्रेस सल्लाकार सूर्य थापाकाले जानकारी दिए । उनका अनुसार बैठक आइताबर दिउँसो ३ बजे बस्नेछ । पार्टीभित्रको विवादका कारण नेकपा स्थायी कमिटी बैठक गत असार १० देखि पटक पटक बस्दै स्थगित हुदै आएको छ। 

स्थायी कमिटी बैठक बस्नुअघि दुई अध्यक्षबीच छलफल हुने तय भएको नेताहरुले बताएका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागपछि बढेको विवादका कारण स्थायी कमिटी बैठक प्रभावित भएको छ ।

ओली दुबै पद नछाड्ने अडानमा छन्