नेकपाको सचिवालय बैठक बालुवाटरमा जारी

साउन ०३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको बैठक  बालुवाटारमा जारी छ । अहिले दिउँसो ३ : ३० बजेदेखी बैठक बसी रहेको  प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाकार सूर्य थापाले जानकारी दिए । गत असार १७ गते देखि पटक पटक स्थगीत हुदै आएको बैठकमा आजको बैठकले भोलीको स्थायी कमिटीको बैठकको लागि एजेन्डा तय गर्ने बुझिएको छ । 

भोली आइतबार नेकपाको स्थायी कमिटीको बैठक डाकिएको छ । यसअघिद्वय अध्यक्षहरुबिच छलफल भएको थियो ।