यातायात व्यवसायीहरु सवारी संचालनमा तयार : ७ गते पछि लामो दुरीको पनि बस चल्ने

साउन ०३,

काठमाडौं । अबको २-३ दिनमा सार्वजनिक यातयात संचालनमा आउने भएको छ । सरकारले गत असार २६ गतेबाट काठमाडौं उपत्यकामा तीन जिल्ला र बाहिरको हकमा जिल्लाभित्र सिट क्षमताको आधा यात्रु राखेर सवारी चलाउन दिने निर्णय गरे पनि विभिन्न माग राख्दै सवारी संचालन नगरि बसेका यातायात व्यवसायिहरुले राष्ट्र बैकंले आफूहरुको माग सम्बोधन गरेको भन्दै अबको २-३ दिनमा यातायात संचालनमा ल्याउन तयार भएका हुन् ।

शुक्रबार राष्ट्र बैकंले ल्याएको मौद्रिक नीतिले आफूहरुको धेरै जसो माग सम्बाधेन गरेको भन्दै यातायात व्यवसायिहरुले खुसी हुदै यातायात संचालनमा ल्याउने भएको यातायात व्यवसायिका राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।

उनका अनुसार सरकारले जारी गरेको मापदण्डा अनुसार नै सवारी संचालनमा आउने भएको छ । सरकारले यसरी सवारी चलाउँदा घाटा हुन नदिन यात्रुबाट साविककोभन्दा थप ५० प्रतिशत बढी भाडा लिन पाइने व्यवस्था पनि गरेको छ । सहज वातावरण सहज बने साउन ७ गतेबाट लामो दूरीको यातायात पनि सञ्चालन गर्न सकिने व्यवसायीहरुको तर्क छ । यद्यपि सरकारले यसबारे केही भनेको छैन ।file Photo