बर्तमान नेपाली राजनिती “जोगी देख्दा भैसी तर्सिने अनि भैसी देख्दा जोगी तर्सिने “ जस्तै भएको छ – बिश्लेशक घिमिरे

राजनैतिक एबम सामाजिक बिश्लेशक निर्मल घिमिरे, जो  परदेशमा रहेर पनि नेपाली समाजिक परिबेशलाई गहन रुपमा नियालिरहनु भएको छ ।  सन २०१५ को भुकम्पको महाबिपत्ती पश्चात सबै भन्दा बढ्ता प्रभावित मध्य एक जिल्ला ओखलढुङगाको ‘बिपद प्रतिकार्य तथा पुनर्लाप परियोजना’ प्रमुखको रुपमा रामेछाप जिल्लाको मन्थलीमा समेत केहि समय बिताउनु भएको घिमिरे सानो उमेर मै बिभिन्न राष्ट्रय सन्चार माध्यम लगायत जनता भ्वाइस अनलाईन मिडिया मार्फत पनि नेपाली सामाजिक साहित्य, दर्शन, अनि राजनीतिक बिसयबस्तुमा बेला-बेलामा आफ्ना बिचार/ बिश्लेशण सही, सत्य, सटिक र तिखो कुरा पस्की सामाजिक बिकृती, बिसङ्गती बिरुद्द अनवरत रुपमा आवाज उठाउदै आउनु भएको छ । आफ्नो रोजगारी अनि थप अध्ययनको लागी प्रबासी भएका उनि हाल जापानमा छन । यसै सिलसिलामा प्रस्तुत छ निज घिमिरे सँग ‘जनता भ्वाइस अनलाईन खबर’ का  प्रधान सम्पादक कुमार श्रेस्ठले केहि ब्यक्तिगत, राजनितिक, दर्शन, सामाजिक् , साहित्यीक अनि समसामायिक बिसयमा स्काइप मार्फत गरिएको

प्रश्न : आरामै हुनुहुन्छ ? 

उत्तर : हजुर ठिकै छु । 

प्रश्न : आजभोलिको प्रवासी दैनिकी कसरी बिताइरहनु भएको छ ? 

यहाँ पनि नेपालमा झै लेखन कार्य मै ब्यस्त छु । साथ  साथै प्रवासमा बाच्नको लागी भए पनि केहि न केहि त गर्नै पर्छ । अनि पार्ट टाइम काम पनि गर्दै आफ्नो निहित मिशन पनि पुरा गर्ने सङ्कल्प गरी सोही अनुसार अगाडी बढ्दै छु । परदेशमा रहेको केहि मुट्ठिभर मानिसहरुले गरेको प्रगती देखेर उता स्वदेश बाटै आम मानिसहरु एक सपना बुन्न थाल्ने रहेछन । “कास… मेरो पनि त्यस्तै उन्नती प्रगती चाडै नै हुनेछ” भन्ने जुन ख्वाव देखेर परदेश हानिन्छन , तर वास्ताबिकतामा पुग्दा सो तासको घर झै पलभर मै भत्कन्छ । हो, त्यस्तै औसत युवा बर्गको एक प्रतीनिधी पात्र हु पनि । मैले आजभोली गरिरहेको कम्पनी कोभिड १९ को कारण बन्द भएकोले औसत परदेशिएका नेपालीहरु झै मैले पनि कठिनाइ पुर्वक जिवन चलाईरहेको छु । परदेशिने निर्णय कहिले काही त यस्तो लाग्छ मेरो लागी त्यो कुनै “सही समयमा उठाइएको गलत निर्णय” थियो । यहाँ जो कोहीले पनि कडा मेहनत गर्नै पर्दछ । पाखुरी बजाउनै पर्ने हुन्छ । नेपालको पढाइ लेखाइले यहाँ केहि हुने वाला छैन । यहाँ अङ्ग्रेजीले सोचेको जती काम गर्दैन । यहीको भासाको ज्ञानको कमी कारण यहाँ सोचे भन्दा कठिन हुने रहेछ जिवन ।  भनिन्छ नि , सबै कुराको सुरुवात ताका कठिन सङ्घर्स गर्नै पर्दछ , सम्झनुस म त्यही चरणमा छु । यहाँ काम भनेको प्रसाद स्वरुप पुण्य मान्ने एकदमै राम्रो चलन रहेछ । यो सानो वा ठुलो हुँदैन रहेछ। यहाँ काम यो सानो, त्यो ठुलो भन्ने हुन्न रहेछ । अरबौ अरबका मालिकहरु पनि सामान्य मजदुर झै काममा खटिरहेका हुने रहेछन । कामको इज्जत गर्न सक्नु पर्छ भन्ने ज्ञान चाही मलाई राम्रै सँग दिलायो बिदेशी भुमीले अनि एकातिर भाषा नभए सम्म यहाँ प्रगती गर्न बडो मुस्किल त छदै थियो, त्यसमा थप बिस्वब्यापी रुपमा फैलिएको कोभिड १९ को भयाबह त्रस्त वातवरणले गर्दा धेरै उध्योग-धन्दा बन्द हुने अवस्थामा पुगेकोले धेरैले रोजगारी घुमाए, सोही परिबन्धको चक्रमा फसेको एक युवाको हाल कस्तो हुन्छ्, बर्तमान अवस्थामा म सोही अवस्थामा छु ।

तपाइको आफ्नो बाल्यवस्था अनि पृश्ठभुमीको बारेमा कसरी सम्झनु हुन्छ ? 
हजुर , मेरो जन्म ६ जुलाई १९८८ मा सर्लाही जिल्लाको हरिवन (साबिक) घुर्कौली गाबिसमा सामान्य परिवारमा भएको हो । हाम्रो परिवार पनि औसत किसान परिवार जस्तै सामान्य खेतीकिसानी गर्नुहुन्थ्यो । अध्यनको कुरा गर्दा मैले गाउ कै श्री  प्रा. बि. बाट अक्षराम्भ गरी कखरा चिनेको हु भने पढ्दै जादा सन २०१५ पाटन बहुमुखी क्याम्पसबाट समाजशास्त्रमा स्नाकोत्तर तह (मास्टर्स डिग्री) गरेको हु । अनि झण्डै १० बर्श जती बिभिन्न सङ्घ सन्स्थामा आबद्द्द भएर धेरै ठाउहरुमा बिकाशका कार्यक्रमहरुमा काम गरियो । धेरै किसिमका डेभलपमेण्टका परियोजनाहरु बिभिन्न जिल्लामा सन्चालन गर्ने गरियो । ततपस्चात कानुन पढ्न मन लागेर नेपाल ल क्याम्पसमा एल. एल.बी. (कानुनमा स्नातक) गर्दा गर्दै परदेशको बाध्यात्मक परिवेशले हुटहुट्याएको कारण कानुनको सो अध्ययनलाई बिच मै छोडेर आज यसरि प्रवासमा आइपुगेको पनि यत्तीका दिन भैसक्यो ।

नेपालमा हुँदा बिभिन्न किसिमका प्रोजेक्टमा काम गर्नु हुन्थ्यो । अच्छा-खासा जागिर्, ४०-४५ जना जती त कर्मचारी हरुको टिम लिडर नै भएर बिभिन्न जिल्लाहरुमा प्रोजेक्ट नै हाकेर बस्नु भएको मान्छे, देश बिदेश घिमेको मान्छे , धेरै कुराहरुको बारेमा जानकार रहने , त्यस्तो मानसम्मान, इज्जत अनि नाम, दाम हुँदा-हुँदै परदेशिएर उतै हराउनुको कारण के थियो र आज त्यसलाई बाध्यात्मक अवस्था भएर इङ्गित गर्दै हुनुहुन्छ ? त्यसको मतलब बुझिएन । 
कुमार सर ! म प्रवासिनुको मुख्य कारण आफ्नो अध्ययनलाई अगाडी बढाउनु अनि औसत नेपाली झै आय आर्जन गर्नु नै थियो । किनकी मैले डिग्री पछीको थप अध्ययन नेपालमा गर्न समयको कारण भ्याएको थिइन । तर आएपछी थाह भयो कि वास्तबमा परदेशको जिवन सहज छैन । हरेकको जिवनमा एक न एक दिन कुनै “टर्निङ पोइन्ट” आउछ पक्कै, हो, मेरो जिवनको टर्निङ पोइन्ट पनि त्यतिबेलै भयो जतिबेला म यो निर्णय गरी परदेशिने कदम चाल्न पुगे । तर यो मानेमा चाही खुशी छु कि, जुन निर्णय मेरो यो पारिवारिक पुर्मिलनको निर्णय थियो । यसलाई यत्ती नै बुझौ । अनि अर्को कुरा वास्तवमा म हराएको या अझै पनि गुमनाम भएको पनि पक्कै पनि होईन । कुनै स्थान बिशेसमा जस्तो सुकै काम गरे तापनी म मेरो मुल काम लेखनको हो भन्ने हृदयङ्गम पक्कै भैरहेको हुन्छ र सो लाई जस्तो सुकै कठिन अवस्थामा पनि निरन्तरता दिइ नै रहेको छु । बिदेशी भुमी मै भए पनि यहाँबाट प्रकाशनमा आउने बिभिन्न पत्रपत्रीका सँग आबद्द छु । यही बाट आफ्ना सृजनालाई निरन्तरता दिदैछु । 

जतिसुकै ब्यस्त भए पनि लेखन कार्यलाई दैनिक अगाडी बढाइरहनु भएको छ । कसरी गर्नुहुन्छ समयको ब्यवस्थापन ? 
जुन दिन लेख्न जागर चलेको हुन्छ , त्यस दिन म बिहान ३ बजे नै आलर्म लगएर ब्युझेर लेख्न सुरु गर्छु र बिहान सम्ममा सो लाई मैझारो गरिसकेको हुन्छु । लेख्न थाले पछी ३/४ घण्टामा मज्जाले एउटा आर्टिकल नै तयार गर्ने गर्दछु ।समय बितेको पत्तै पाउदिन लेख्न थालेपछी । सार्है छोटो लाग्छ समय लेखाइमा डुब्न थाले पछी । लेखाइ र अध्ययन कै लागी समय मिलाउन कहिले रातीको काम गर्छु भने कहिले दिनको समयमा काम गरेर राती लेख्ने काम गरिरहेको छु । अझ म नेपालको केहि पब्लिकेशनमा नियमित स्तम्भकारको रुपमा छु । जहाँ निश्चित समयावधी भित्र नै प्रकाशन गर्ने सामाग्री उपलब्ध गर्नै पर्ने हुन्छ, त्यसका लागी भए पनि समय को ‘एक्सन प्लान’ बनाएर लेख्ने गरेको छु । बिदेशी भुमिको कामले कहिले कही थाकिएको हुन्छु । त्यो बेला मेरो लेखन कार्य सेड्युल मिलाई दिने अनि अनुकुल वातवरण बनाइ दिने काममा मेरो श्रीमतीले गरीदिन्छिन । सो का लागी मात्र यत्ती हो कि, इच्छा शक्ती चाही हुनै पर्छ । यत्ती भए पछी जो कोहीले पनि लेख्न सक्ने रहेछन । तर सो का लागी अनिवार्य रुपमा ‘प्यासन’ चाही पहिलो सर्त हुनुपर्ने रहेछ । 

तपाइले साहित्य लेखन अनि स्तम्भ लेखनको यात्रा चाही कहिलेबाट सुरु गर्नु भएको हो ?  अनि अहिले सम्म कती जती साहित्यिक रचनाहरु लेखिसक्नु भो ? 
ठ्याक्कै तिथी-मिती त याद छैन तर स्कूले उमेर देखी नै म केहि न केहि चाही लेखिरहन्थे । स्तम्भ लेख्न लागेको पनि सायद सोही बेला देखी हुनुपर्छ । लेखेको सङ्ख्या गणना त अहिले सम्म ठ्याक्कै एकिन नभएता पनि १५० भन्दा माथी नै पुगे होलान प्रकाशित भएका हरु मात्र । तर अप्रकाशित हरु को त यकिन गरेको छुइन । 

तपाईं दर्शन, साहित्य, राजनिति, एबम समसामायिक बिसयबस्तुमा राम्रै अद्ययन्,  जानकारी र दख्खल राख्नुहुन्छ  । तपाइ ले लेखेको सामाग्रीहरु लाई ‘सेयर’ गरेको आधारमा हेर्दा तपाइ धेरै पाठकहरुको मन पर्ने र रुचीको लेखक मध्य  एक पर्नुहुन्छ । तर तपाइलाई चाही कस्ता किसिमका पुस्तक मन पर्दछ ? आफुले पढेको मध्य अहिले सम्मको मन परेको लेखक अनि पुस्तक कुन हो ? अनि अहिले कुन पुस्तक पढ्दै हुनुहुन्छ ? 
मलाई बिशेसगरी समाजशास्त्रीय दर्शनमा आधारित प्रगतिसिल लेखक हरुका पुस्तक पढ्न औधी रुची लाग्छ । अहिले सम्म मन परेको त धेरै प्रसिद्द लेखकहरु धेरै नै सुप्रसिद्द कृतीहरु छन तर त्यी मध्य सार्है मन परेको, धेरै पटक दोहोर्याइ तेहेर्याइ पढेको अनि मननयोग्य पुस्तक चाही भास्कर शङ्कराको ‘द सोसालीस्ट मेनोफेस्टो’ हो भने म अहिले चाही समाजवादी कम्म्युनिस्ट लेखक हल ड्र्यापर द्वारा सन २००४ मा प्रकाशित प्रथम पुस्तक  ‘द टु सोल अफ सोसालीज्म्’ पढ्दै छु । मेरो बुझाइमा मार्क्सवादी कम्म्युनिस्ट बिचारको बारेमा अध्यायन गर्न चाहने जो कोहीका लागी यो पुस्तक अत्यन्तै जानकारी मुलक छ जस्तो लाग्छ । 

साहित्यको कुरा गर्दा तपाइले लेख्ने साहित्यिक सामाग्री हरुमा बढी मात्रामा लक्षणा र ब्यन्जना को  सम्मिस्रण पाइन्छ । खासमा यो के हो र के का लागी ? 
हजुर, सामान्य अर्थमा भन्ने हो भने व्यञ्जना भनेको वाच्यार्थ र लक्ष्यार्थ भन्दा भिन्न, व्यङ्ग्यार्थ वा विशेष चामत्कारी अर्थ बुझाउने शब्दशक्ति हो भने लक्षणा भनेको : साहित्यमा सामान्य अर्थ देखि भिन्न सम्बन्ध अभिप्राय लाई लिइ अर्को अर्थ प्रकट गर्ने (रुढि वा प्रयोजनका आधारमा अर्थ प्रतीत गराउने शब्दशक्ति हो ।  साहित्यमा यी दुबैको मिश्रणले गर्दा पाठक हरुमा बिशय बस्तुहरु प्रती इन्ट्रेस्ट जाग्दछ भने बिसङ्गतीको बिरुद्दमा घुमाउरो पारामा यसले तिखो ब्यङ्ज्ञ समेत हानिरहेको हुँदा यसको प्रयोग म प्राय सबै साहित्यिक सामाग्रीहरुमा गर्ने गर्दछु । 

थोरै समसामयिक बिसयमा कुरा गर्नु पर्दा एक सामाजिक शास्त्रको बिद्यार्थीको आखामा अहिले बर्तमान नेपाली समाजलाई कसरी बुझ्नु भएको छ ? अनि हाम्रो समाजको समस्या के देख्नुहुन्छ ? 
हेर्नुस , हाम्रो समाज सार्है बिग्रीयो, खत्तमै भयो, अब उन्होने लाग्दैन्, सबै सकियो, सबै नासियो भनेर म निरासावादी  मनोभाव पट्टी कदापी जान्न । समय काल सँग सङ्गै परिवर्तन हुनु सबै समाजको प्राकृतिक नियम नै हो । यसबाट हाम्रो समाज पनि अछुतो पक्कै छैन । तिब्र रुपमा परिवर्तित मानसिकता नै आजको नेपाली समाजको प्रतिबिम्ब हो । तुलनात्मक रुपमा नेपाली समाजले पनि आफुलाई समय क्रम सँगइ प्रगती गर्दै गरेको पाटो एकातिर छ भने सँग सङ्गै अर्का तिर यसका दुर्गुण पक्ष झन ब्यापक छ । शहर बजारको कुरै छोडौ, यसो गाउ घर तिर मात्रै हेर्ने हो भने पनि केहि समय अघी मात्र पनि प्रचलनमा रहेको अर्म-पर्म, सर-सापट, ऐचोपैचो, बिहे-बटुल, मर्दा पर्दा झुरुप्प जम्मा भएर गरिने सामुहिक कार्य, लगाएतका हाम्रो हितो कल्याणकारी भावना क्रमिक रुपमा लोप हुँदै गएको पाइन्छ । बढ्दो सुचनाको पहुचले अब कोही पनि अरु भन्दा कम जानकार छैनन तसर्थ कसैले कसैलाई सहजै स्वीकार्ने स्वभाब बाट बिस्तारै हामी टाढा हुँदै गएका छौ । नेपालको राजनीति तथा नेपाली समाजका अन्तर्निहित समस्याबारे नेपाल बौद्धिक मञ्चले विगत केही वर्षयता बहस, छलफल र अन्तर्त्रिया गर्दै आएको छ । यसले महत्त्वपूर्ण समसामयिक राष्ट्रिय सवालमा आ-आफ्ना धारणा पनि सार्वजनिक गर्दै आएको छ । केही वुद्धिजीवीले राष्ट्रिय राजनीति तथा देश र जनतासँग सरोकार राख्ने अन्य महत्त्वपूर्ण सवालमा निरन्तर छलफल र बहस गरिरहेका छन् । जसले गर्दा परिवर्तित समाजको ऐना लाई समय-समयमा अगाडी ल्याउन मद्दत पुगेको छ । निचोडमा भन्नु पर्दा असङ्ख्य सम्भावना हुँदा हुँदै पनि बत्ती मुनीको अध्यारो झै , जुनकिरीले आफ्नो दिब्य ज्योती पहिल्याउन नसकेर रुमल्लिए झै एक  भुमरीमा रुमल्लिरहेको छ हाम्रो समाज । 

थोरै प्रसङ्ग परिवर्तन गरौ । बर्तमान नेपाली राजनिती परिवेश लाई कसरी नियालीरहनु भएको छ ? 
नेपाली जनताहरुले आफु अनुकुल शाशक चाहे फलत : उनिहरुले स्वस्फुर्थ रुपमा समय-समयमा क्रान्ती अनि बिद्रोह गरे, २००७ सालको मुक्ती आन्दोलन होस या पाकिस्तानमा जुल्फी अलि भुट्टोलाई मृत्युदण्ड दिदा नेपाली बिद्यार्थीहरु सुरु गरेको २०३६ सालको अर्को क्रान्ती होस वा २०४७ सालको प्रजातन्त्रको लागी भएको पहिलो जन आन्दोलन नै किन नहोस , २०५२ सालमा तत्कालिन माओवादीले सुरु गरेको शशस्त्र बिद्रोह नै किन नहोस्, अनि लोकतान्त्रीक गणतन्त्रको लागि २०६२/६३ सालमा भएको दोस्रो जनआन्दोलन नै किन नहोस्, सबै आन्दोलनमा नेपाली जनताले ब्यबस्था परिवर्तन गर्नलाई रगतको बलिदानी दिए ।

आन्दोलनमा ब्यबस्था परिवर्तन गर्न नेपाली जनता सफल त भए तर त्यीनै बलिदानी गर्ने गरीब तथा निमुखा जनताको अवस्था परिवर्तन हुन सकेन ।

फलत : सबै आन्दोलनमा ब्यबस्था परिवर्तन गर्न नेपाली जनता सफल त भए तर त्यीनै बलिदानी गर्ने गरीब तथा निमुखा जनताको अवस्था परिवर्तन हुन सकेन । त्यो नै हाम्रो राजनितिको बिडम्बना हो । अहिलेको नेपाली राजनितीको खिचातानी भनेको एकले अर्का लाई स्वीकार्न नसक्नु जुङगाको लडाइ हो । जसरी अत्यन्तै पिछडिएको सानो रास्ट्र सिङ्गापुरलाई बिश्व को हिरा झै चमक दिने दुरदर्शी ‘नेता लि कुएन वेअ’ लाई जिवन-मरणको अन्तिम सासमा एकजना पत्रकार ले “तपाइले बनाउनु भएको यस्तो राम्रो सिङ्गापुरलाई तपाइको शेस पछी कसैले बिगारे भने के गर्नु हुन्छ ?” भनेर प्रश्न सोध्दा उनले “त्यसलाई म चिहान बाट उठेर भए पनि मारी नै दिन्छु “ भनेर उत्तर दिएका थिए । त्यस्तो असली देश भक्त वाला नेपालमा कोही जन्मिएनन । यता हाम्रो  राजनितिको मियोमा रहेका नेतृत्वकर्ताहरुको मानसिकता भनेको जोगी देख्दा भैसी डराउनु, भैसी देख्दा जोगी डराउनु जस्तै मानसिकता हो । यस बाहेक म यस बिसयमा थप टिप्पणी गर्न चाहन्न । 

के हाम्रो देश यस्तो किसिमको अकर्मण्यता अनि दलदलको भड्खालोमा जाकिनुको कारण केवल नेताहरु मात्र जिम्मेवार छन त ? 
यसमा चाही मेरो मिश्रीत धारणा छ । यसमा जनताहरुको पनि बराबर भूमिका रहन्छ । खासमा जनताको हातमा छ सबै निर्णय । तर समय मै स्वबिवेक नपुर्याउदा हामी सदियौ देखी पछाडी परिरहेको छौ । हाम्रो समाजमा जनताहरु पनि ३ किसिममा बिभाजन भएको पाइन्छ । एक- ठुलो तप्काका जनताहरु छन, उनिहरुले राजनितीमा चासो नै छैन्, दोस्रो – पानी  पर्दा पनि नेताले नै पारिदिएको हो भनेर जहिले पनि सराप्न मात्र जानेका हुन्छन । भित्री कुरामा उनिहरु पस्दै पस्दैनन । तेस्रो – तप्काका जनताहरु मनमा लागेको कुरा पनि राजनितिक सम्रचनागत जन्जिरमा बाधिएर ओठ सम्म ल्याउनै सक्दैनन । उनिहरु आफ्नो आस्थाका देवताहरुको पक्षपोशण गर्न पट्टी नै लागिरहेका छन । उनिहरुले लगाउने राजनितिक चस्माको रङ अनुसार मात्र कुरा गर्छन । दोस कै कुरा गर्ने हो भने कुमार सर ! जनताहरुको पनि बाराबर भूमिका रहन्छ । खासमा जनताको हातमा छ सबै निर्णय । तर समय मै स्वबिवेक नपुर्याउदा हामी सदियौ देखी पछाडी परिरहेको छौ । उदाहरणको लागी केवल ६ महिना पुर्व सन २०१९ को डेसेम्बरमा वर्ल्ड म्याटर्सले सार्वजानिक गरेको एक सर्भेक्षण प्रतिवेदन अनुसार नेपाल बिश्वको गरीब देशहरुको सुचीमा तल तिरबाट गणना गर्दा ३० औ गरीब आर्थीक अवस्था को देश रुपमा उल्लेख छ । 

आज भन्दा केवल १७ बर्ष मात्र पहिला बिश्व कै सबै भन्दा गरीब देश भनेर इथियोपिया भन्ने एक अफृकी रास्ट्रलाई चिनिन्थ्यो । तर यत्तीको छोटो अवधी मै इथियोपिया सन्सार भरिका १९५ देशहरु मध्य आज ६३ औ धनी देश भएको छ । स्मरण रहोस २००३ ताका त्यो रास्ट्र नेपाल भन्दा ६ स्थान पछिल्तिर थियो ।अब यही दृस्टान्त बाट अनालाईसिस गरौ कि हाम्रो उध्योगती ओरालो झर्दो क्रममा छ भनेर । यो सबैको एक मात्र कारण भनेको अस्थिरता र भ्रस्टाचार नै हो । शाशन ब्यवस्था परिवर्तन गर्न सफल जनताले शाशकको प्रबृती चिन्न नसक्नु सबै भन्दा ठुलो कमजोरी यही निर छ । 

खासमा जनताको हातमा छ सबै निर्णय । तर समय मै स्वबिवेक नपुर्याउदा हामी सदियौ देखी पछाडी परिरहेको छौ

त्यसो भए धमिल्लिएको नेपाली राजनितीको पानीलाई सङ्ल्याउने कसरी त ? अनि यो कसले गर्ने ? 
हेर्नुस्, हाम्रो  पानी सङ्ल्याउने काम मुख्य जलारी हामी जनताको नै हौ । जनता सचेत भए भने सबै कुरा आफ से आफ मिल्छ । कुन शाशकले आफुलाई शाशन गर्ने हो , त्यो बिवेक पुर्याएर छनौट गर्न सक्नुपर्छ । अनि यदी उनिहरुले पाएका अमानत करार समयावधी भित्र काम गर्न सकेनन भने बिधीमा प्रस्टै रुपमा निकाल्न सकिने कुरा उल्लेख छ । तर बिडम्बना अहिले सम्म नेपालमा यसको अभ्यास हुन सकेको छैन र त चुनिएका प्रतीनिधीले ढुक्कले पाँच साल सम्म मनोमानी काम गरिरहेका हुन्छन । अनि अर्को पाटो हाम्रो निर्वाचन प्रणालीमा केही प्रकृयागत त केहि व्यबहारत: त्रूटीहरु छन ।

म्यानोफेस्ट्रो (चुनाबी घोशणापत्र) का आधारमा भोट माग्न आउने नेताहरुले काम गर्न नसके के सजाय भोग्ने कतै लिखित रुपमा उल्लेख गरिएको पाइदैन । फलत : उसको झुट्टा आस्वाशनलाई कानुनत : अपराध मानीदैन । भोट माग्न आउने नेताजी सँग हामी समय सिमा उल्लेख भएको वोर्क प्लान (कार्य योजना) माग्ने र त्यो अबधिमा गर्न नसके के सजाय हुने उल्लेख गर्नै पर्ने कुरा निर्वाचन आयोगले नियम बनाएर कडी कडाउ गर्न सक्यो मात्र भने पनि मेनोफेस्ट्रोलाई झुटको पुलिन्दा भनेर लाग्ने आरोपबाट मुक्त हुन सक्छ । अन्यथा नेपाली शब्दकोशमा कारीब दस हजार जती काम नलाग्ने ब्यर्थ कै शब्दहरु हुन्छन अरे, त्यी सबै निर्वाचनको पुर्व सन्ध्यामा मेनोफेस्ट्रो बनाउने बेलामा काम आउछन । अनि अर्को कुरा पैसा नहुनेले अब चुनाब चित्न अत्यन्तै गार्हो भैसकेको छ । हाम्रो समाजमा अब बिचार बिक्न छोडिसक्यो । यहाँ त जो सँग पैसा छ , ऊ नै सत्ता मा बिराजमा न हुन्छ ।

सबैले कही न कही कार्ल मार्क्स्,  ब्लादिमिर लेनिन्, माओ जेदोङ , फ्रेडरिक एङ्गेल्स्, स्लाभोक जिजेक्, लिओन ट्रेस्स्की , एन्टेनिओ नेग्री,  म्याक्सिमिलन रुबेल जस्ता फिलोसफर हरुको बिचारबाट कही न कही आफ्ना आदर्श बनाएका छन

यसले कालन्तरमा दिने नतिजा नै आजको नेपाली राजनैतिक परिवेश हो । हाम्रो नेपाली राजनितीमा आफुलाई राइटिस्ट (दक्षिण पन्थी)  ठान्नेहरु होस या लेफ्टिस्ट सबैले समाजबादलाई कुनै न कुनै ढङगबाट स्वीकारेका भएता पनि ब्यबहारत : उनिहरुमा कही न कही इलिटिस्ट यानिकी सभ्रान्तवादको झल्को देखिन्छ । सबैले कही न कही कार्ल मार्क्स्,  ब्लादिमिर लेनिन्, माओ जेदोङ , फ्रेडरिक एङ्गेल्स्, स्लाभोक जिजेक्, लिओन ट्रेस्स्की , एन्टेनिओ नेग्री,  म्याक्सिमिलन रुबेल जस्ता फिलोसफर हरुको बिचारबाट कही न कही आफ्ना आदर्श बनाएका छन तर हाम्रा राजनीतिज्ञहरुको कथनी र करनीमा एकरुपता पाइदैन जुन सोसलीज्मको बिल्कुल खिलाफ हो । जवसम्म आचरणगत रुपमा उनिहरु सुध्रीदैनन्, तबसम्म पानी सङ्ल्याउन अत्यन्तै कठिन छ । 

जताततै भ्रस्टाचारको मात्र खबर सुनिन्छ आजभोली । झन स्थानिय तहमा त यो यसरि भुसको आगो झै भित्र-भित्रै सल्किरहेको छ कि यसलाई हाम्रो अख्तियारले समेत कन्ट्रोल गर्न नसकिरहेको अवस्थामा यसको सामाधान के हुन सक्ला ? 
दक्षिण यसिया कै सबैभन्दा पहिला नेपालले सन १९९२ मा नै अख्तियार दुरुपायोग अनुसन्धान आयोग नामको करप्सन इन्भेस्टिगेशन गर्न एक पावरफुल निकाय बनायो । यो ब्युरो  कानुन त धेरै नै अधिकार सम्पन्न छ ।  यत्ती हुँदा हुँदै पनि यसले आफुलाई यथोचित काम गर्न नसक्नु आफैमा बिडम्बनापुर्ण छ । सिमित स्रोत साधन्, र यसको बनौट प्रकृया नै गलत छ । मेजरिटी हुने दलले सिफारिस गरेको ब्यक्ती यसको आयुक्त देखी प्रमुख आयुक्त हुने गर्दछ । समबैधानिक निकाय भनिए तापनी यो आफैमा कही न कही दलिय प्रभावमा आउने गर्दछ । अनि यसले केवल फाइनान्सियल करप्सन लाई मात्र आफ्नो काम भित्र समेट्नु पनि यो आफैमा अपुर्ण छ । अख्तियारी भन्नाले जिम्मेवारीको दुरुपायोग भएको सबै मुद्दा को अनुसन्धान गर्न सक्नु पर्दछ । यसले आफुलाई अब्बल साबित गर्ने हो भने साना ठुलो सबै खाले माछाहरुलाई पनि जलारीले झै तान्न सक्नु पर्दछ । स्थानिय तहमा देखिएको मौलाउदो ब्यतिथी अनि बेरुजु ले यो सन्यन्त्र माथी नै प्रश्न चिन्ह खडा भएको छ । जव सम्म “कम्प्लेन मेकानिज्म” ले भरपर्दो रुपमा प्रभावकारी ढङगले काम गर्न सक्दैनन्, तव सम्म यो चलीरहन्छ । भाशण मा गुड गभर्नेन्स भन्दै जती खोके पनि जब सम्म जनताहरु आफै सचेत भएर प्रश्न सोध्न सक्दैनन्, तव सम्म सुधार हुने वाला छैन । चस्माको खोल र भिरेको ब्याग मिल्क्याएर निर्मल आखाले हेर्न सकियो भने सबैले यो दुर्गन्धको भेउ पाउछन र त्यसलाई रोक्न सक्दछन । अन्यथा अझै सदियौ सम्म पनि यस्तै हुडार हरुले चिथोरिरहने छन । यत्ती गर्न सकियो भने अन्ना हजारेले सन २०११ मा भारतमा माग गर्दै सुरु गरेको सर्याग्रह झै जन-लोकपाल बिलको आवस्यकता नै पर्दैन ।

तपाइको लेख रचना अनि आर्टिकलहरुमा निश्चित दलिय प्रभाव देखिन्छ भन्ने आलोचना सुनिन्छ नि ? 
समस्त आदरणिय पाठकहरुको सबै किसिमका अमुल्य आलोचनालाई म स्वीकार्छु । तर वास्ताबिकता भने केहि भिन्न छन । मेरो आलेखहरुमा दलिय प्रभाव भन्दा पनि बैचारिक भिन्नता भएको र मैले कम्म्युनिस्ट बिचारमा अलि बढी खोज गरेको कारण त्यसको प्रभाव चाही हुन सक्छ । म जे देख्छु, त्यसलाई समालोचनात्मक एङगल बाट “एनालाईसिस” गर्ने मेरो बानी छ अनि सो लाई आफ्नै ढङगले लेख्ने गर्छु । 

अन्त्यमा मैले सोध्न केहि छुटाएको अनि तपाइले भन्न मन लागेको केहि छ कि ? 
नाइ छैन । अहिलेको यो बिसम परीथितीको अवस्थामा सबैजना नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई सुरक्षित रहनु होला , आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला । यही नै भन्न चाहन्छु । अनि अर्को कुरा मैले यस अघी घोशणा गरे अनुसारको पुस्तक लेखन कार्यमा नै तल्लिन छु । निर्धारित समय भन्दा अलि ढिला गरी प्रकाशित हुने भयो । अहिले सो को पाण्डुलिपी  तयारीमा ब्यस्त छु । छिट्टै नै म नेपाली पाठकहरु सामु आफ्नो अर्को कृती सहित उपस्थित हुँदैछु ।

ब्यस्तताको बाबजुत थोरै भए पनि समय दिनु भो, त्यसका लागी म धेरै धेरै धन्यवाद दिन चाहन्छु र चाडै नै नेपालमा भेट्ने अपेक्षा लिएको छु । 
जरुर । म आए पछी यहाँ हरु सँग नभेट्ने त कुरै रहन्न नि सर । आज यत्ती टाढाबाट भए पनि आज मलाई मेरो केहि ब्यक्तिगत्, केहि साहित्यका पाटो, केहि सामाजिक बिसयबस्तु अनि केहि राजनितिका सवालमा छोटकारी मै भएता पनि आफ्नो बिचार पाठक माझ पुर्याउने मौका दिनु भो यसका लागी तपाइ लगाएत सम्पुर्ण ‘जनता भ्वाइस’ टिमलाई धन्यवाद दिन चाहन्छु ।