कुन-कुन जिल्ला हुन कोरोना मुक्त भएका आठ जिल्ला हेर्नुहोस्

साउन ४,

काठमाडौं ।   नेपालमा आठ जिल्ला कोरोना मुक्त भएका छन् । आइतबारको नियमित मिडिया ब्रिफिङ्मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वार गौतमले भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला जिल्ला कोरोना मुक्त भएको बताए । यी जिल्लामा एक पटक सङ्क्रमित भेटिए पनि अहिले सबै निको भएर डिस्चार्ज भएका छन् ।

त्यस्तै रौतहट, कैलाली र बाजुरामा पाँच सयभन्दा धेरै संक्रमितहरु भएको उनले बताए ।file Photo