थप १५६ जनामा कोरोना पुष्टि : शून्य संक्रमित हुने जिल्ला ८ पुग्यो

साउन ०४

रामेछाप । वितेको २४ घण्टामा थप १ सय ५६ जनामा कोरोना पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ६ सय ५८ जना पुगेको छ । त्यस्तै संक्रमित मध्ये ६६.२४ प्रतिशत कोरोनाका बिरामीहरु भने निको भएका छन् ।  नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या ११ हजार ६ सय ९५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारसम्म संक्रमणमुक्त हुनेको संख्या ११ हजार ६ सय ९५ अर्थात ६६.२४ प्रतिशत पुगेको जानकारी दिए ।  उनका अनुसार आज ५८ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् ।

त्यस्तै आज काठमाडौंमा थप तीन जना संक्रमित थपिएका छन् । ४० जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै ५ सय भन्दा बढी संक्रमित भएको जिल्ला तीन जिल्ला पुगेको छ । भने शून्य संक्रमित हुने जिल्ला आठ पुगेको छ ।

भिडियो हेर्नुहोस्