बाढी पहिरो जान सक्छ सचेत हौं- रामेछाप प्रशासन

साउन ०४

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले आजदेखि आगामी साउन आठ गते बिहिबारसम्म जिल्लाका विभिन्ना स्थानमा बाढी पहिरोको जोखिम रहेकाले सचेर भएर बस्न, सतर्कता अपनाउन आग्रह गरेको छ । शनिबार साँझ एक सूचना जारी गर्दै प्रशासनले यस्तो आग्रह गरेको हो । प्रशासनले बाढी र पहिरो जानसक्ने भएकाले सचेत रहन भनेको हो । जल तथा मौसम पूर्वाअनुमान महाशाखाले आगामी सोमबारदेखि देशका विभन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । प्रशासनले बाढी पहिरोले पार्ने समस्याको समधानका लागि सम्बन्धित निकायहरु तयारी अवस्थामा रहेन पनि आग्रह गरेको छ ।

सूचना हेर्नुहोस्