रक्तदान गरौँ अब ,गरौँ महादान

विनम्र साथ अनुरोध छ,गरौँ रक्तदान।
रक्तदान गरौँ अब ,गरौँ महादान।।

जात पात रङ्ग कुनै भेदभाव छैन,
रगतलाई रगतको विकल्प नि छैन,
सबैलाई निमन्त्रणा सबलाई आह्वान
रक्तदान गरौँ अब ,गरौँ महादान ।

हामीलाई नै पर्न सक्छ,खाँचो रगतको,
असल मान्छे बन्नु छ है,यसै जगतको,
रक्तदान गर्दा बन्छ,स्वयं जीवन महान
रक्तदान गरौँ अब ,गरौँ महादान ।

जानीबुझि नियमित रक्तदान गरौँ आज,
शरिर स्वस्थ,जीवन स्वस्थ,स्वस्थ समाज,
मानव कल्याण गर्ने मौका अनि सम्मान
रक्तदान गरौँ अब ,गरौँ महादान ।।।

शरिरमा आफै बन्ने अनि खेर जाने,
काम गरे पो नाम बस्ने मरी के छ लाने,
साथ दिऊँ बचाउनलाई बिरामीको ज्यान
रक्तदान गरौँ अब ,गरौँ महादान ।।।।

विनम्र साथ अनुरोध छ,गरौँ रक्तदान।
रक्तदान गरौँ अब ,गरौँ महादान।।

बिक्रम श्रेष्ठ, मन्थली नगरपालिका- ८